[ घुमफिर ] रङ्ग बदल्ने कुपिन्डे दह,सम्मोहित पार्छ पर्यटकलाई

[ घुमफिर ] रङ्ग बदल्ने कुपिन्डे दह,सम्मोहित पार्छ पर्यटकलाई

शुक्रवार, असार १४ २०८१
शुक्रवार, असार १४ २०८१
  • images
    images
    [ घुमफिर ] रङ्ग बदल्ने कुपिन्डे दह,सम्मोहित पार्छ पर्यटकलाई

    सल्यानको  बनगाँड कुपिन्डे नगरपालिका ८ मा मनमोहक कुपिन्डे दह रहेको छ । आन्तरिक पर्यटकहरुले भरिभराउ हुने यस दहमा डुङ्गामा सयर गर्दै गरेको देख्न सकिन्छ । उक्त दहले वर्षमा तीन पटक वर्षा, हिउँद र गर्मी महिनामा पानीको रङ्ग बदल्ने स्थायीय बताउँछन् । यसैले यो ताललाई रङ बदल्ने ताल पनि भन्छि । 

    यो दह जिल्ला सदरमुकाम खलङ्गादेखि २४ किलोमिटर पश्चिममा अवस्थित छ। मनोरम र आकर्षक कुपिन्डे दहको क्षेत्रफल अझै एकिन नाप लिइएको छैन ।  तर, त्यहाँका स्थानीयहरूले बताए अनुसार ५८ एकड क्षेत्रफलमा फैलिएको दावी छ। 

    यहाँ प्रत्येक वर्ष यो दहसँगै जोडिएर रहेको मन्दिरमा पूजापाठ गर्न छिमेकी जिल्लाका भक्तजनहरू आउने गर्छन् 

    धार्मिक साँस्कृतिक र प्राकृतिक सुन्दरताले भरिपूर्ण यस दहको आफ्नै महत्व छ ।  यहाँस्थित मन्दिरमा मार्ग शुक्लपूर्णिमा र बैशाख शुक्ल पूणिर्माका दिन मेला लाग्दछ । 


    मनै लोभ्याउने चारैतिर वनजङ्गलको  बिचमा रहेको छ । जंगलको बिचमा दह देखेपछि त्यहाँ  पुग्ने जो कोहीको पनि मन रमाउँछ । 

    दुइचार घण्टा दह क्षेत्रमा समय विताएको पत्तै हुँदैन । सुन्दरता मात्रै नभएर प्राकृतिक छटा पनि उस्तै छ । दहसम्म पुग्ने मोटरबाटो कालोपत्रे गर्न र    दहदेखी केही टाढा  चमेना गृह तथा  होटल सञ्चालन रहेका छन् ।  अझै आवश्यक पूर्वाधार निर्माण हुनुपर्ने देखिन्छ । 

    केके देख्न सकिन्छ कुपिन्डे दहमा 

    पानीले वर्षमा तीन पटकसम्म रङ्ग बदल्ने उक्त दह प्राय निलो देखिन्छ । 

    तर, पानी माघ–फागुन महिनामा रङ्ग खैरो र रातो बन्छ भने  वर्षाको समयमा बाढी पस्दा पनि पानी कहिल्यै धमिलो देखिदैन । गर्मी महिनामा  दहको अवलोकन गर्न र ढुङ्गा चढेर सयर  गर्न सकिन्छ । 

    kupinde daha- salyan.JPG
    डुङ्गा चढेर पुरै दह अबलोकन गरेवापत रु दुईसय रुपैया
    ँ लाग्दछ । वरिपरि घना जङ्गल भए पनि यसमा एउटा पनि पात भेटिँदैन। पात खस्नासाथ आफैँ किनारमा पुग्छन् । नभए यहाँका चराहरूले छेउसम्म धकेल्छन् भन्ने मान्यता पनि छ यो दह चखेवा, पानी हाँस र स्थानीय गरेलो र बुधना माछाको बासस्थान पनि हो।
    कुपिन्डे दहको गहिराइ ६९ मिटर, लम्बाइ एक हजार २ सय मिटर र चौडाइ सरदर साढे तीन सय मिटर रहेको छ।


    दहमा  पानी कहाँबाट आउँछ र कहाँबाट पानी बाहिरिन्छ भन्ने पनि स्पष्ट जानकारी यहाँका बासिन्दासँग पनि छैन। 

    यो दहको देखिने मुहान पनि छैन र निकास पनि छैन तर वर्षामा दहमा पानीको सतह बढ्दै जान्छ भने हिउँदमा त्यो विस्तारै घट्दै जाने गर्दछ । 

    हरियाली रुख विरुवा, सुन्दरबस्ती, सल्यानी संस्कृतिको जनजीवनले सम्मोहित बताउँछ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार