images
images

राष्ट्रिय परीक्षा बोर्डको बैठक बस्दै, आज आउला छ एसईईको नतिजा ?

राष्ट्रिय परीक्षा बोर्डको बैठक बस्दै, आज आउला छ एसईईको नतिजा ?

बुधवार, असार १२ २०८१
बुधवार, असार १२ २०८१
  • राष्ट्रिय परीक्षा बोर्डको बैठक बस्दै, आज आउला छ एसईईको नतिजा ?

    काठमाडौँ / माध्यमिक शिक्षा परीक्षा (एसईई) बारे निर्णय गर्न राष्ट्रिय परीक्षा बोर्डको बैठक बस्ने तयारीमा छ ।  बोर्डका अध्यक्ष डाक्टर महाश्रम शर्माका अनुसार  नतिजा प्रकाशनबारे निर्णय गर्न बोर्डको बैठक आज लागेको हो । 

    images
    images
    images
    images

    उनका अनुसार बैठक बसे पनि आजै एसईईको नतिजा आउने सम्भावनाभने न्यून रहेको छ । प्राविधिक कार्य नसकिएकाले आजको सम्भावना कम देखिएको उनले बताए । प्राविधिक काम सकिएको खण्डमा आजै नतिजा प्रकाशनबारे निर्णय गरिने उनले जानकारी दिए । 

    नतिजाहरूको अक्षरांकनमा रूपान्तरण गर्ने काम भइरहेको छ । अंकमा गरिएको मूल्याङ्कनलाई बोर्डको सफ्टवेयरले अक्षरांकनमा रूपान्तरण गर्ने काम भइरहेको हो ।

    बोर्डले यो वर्ष सैद्धान्तिक र प्रयोगात्मकलाई फरक गरेर नतिजा सार्वजनिक गर्न लागिएको हो । 

    यस वर्षको नतिजामा विद्यार्थीले सैद्धान्तिक तर्फ ७५ अङ्कको परीक्षामा ३५ प्रतिशत अर्थात् २७ अङ्क अनिवार्य ल्याउनै पर्ने अन्यथा फेल भए सरह मानिने छ ।

     त्योभन्दा कम आएमा ग्रेड सिटमा नट ग्रेडेड लेखिने छ । उक्त एनजी आएका विद्यार्थीले माथिल्लो कक्षामा अध्ययन गर्न पाउँदैनन् । 

    पुनः ग्रेड वृद्धि परीक्षा दिनुपर्नेछ । गत चैत १४ गतेदेखि सञ्चालन भएको एसईईमा चार लाख ९१ हजार ४९७ विद्यार्थीले परीक्षा दिएका थिए ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार