images
images

उद्योग परिसंघ र बेलायती राजदुतबिच द्विपक्षीय आर्थिक सम्बन्ध बिस्तारमा छलफल

उद्योग परिसंघ र बेलायती राजदुतबिच द्विपक्षीय आर्थिक सम्बन्ध बिस्तारमा छलफल

बुधवार, असार १२ २०८१
बुधवार, असार १२ २०८१
  • उद्योग परिसंघ र बेलायती राजदुतबिच द्विपक्षीय आर्थिक सम्बन्ध बिस्तारमा छलफल
    images
    images

    काठमाडौँ / नेपाल उद्योग परिसंघ र नेपालका लागी बेलायती राजदुत रब फेनबीच द्विपक्षीय व्यवसाय तथा आर्थिक सम्बन्ध अभिवृद्धिबारे छलफल भएको छ। 

    परिसंघ सचिवालयमा भएको छलफलमा परिसंघका अध्यक्ष राजेश कुमार अग्रवालले बेलायती दूतावासले नेपालमा विदेशी लगानी आकर्षित गर्ने उद्देश्यले ‘नेपाल इन बिजनेस’लगायत नयाँ कार्यक्रमहरु सुरु गरेकोमा धन्यवाद दिए । 

    यसबाट नेपालले महत्त्वपूर्ण उपलब्धी हासिल गर्ने उनले विश्वास व्यक्त गरे। परिसंघले सरकारसँगको सहकार्यमा ‘मेक इन नेपाल स्वदेशी’ अभियान सञ्चालन गरिरहेको बताउँदै बेलायती दूतावाससँग सहकार्यका लागि परिसंघ तयार रहेको बताए । 

    अध्यक्ष अग्रवालले बेलायतसँग नेपालको अन्तर्राष्ट्रिय व्यापार घाटामा रहेको उल्लेख गर्दै नेपाली वस्तुहरूलाई बेलायती बजारमा प्रतिस्पर्धा गर्न आवश्यक सहयोग गर्न राजदूतलाई आग्रह गरे। 

    उनले नेपालको पूर्वाधार, विद्युत तथा नविकरणीय उर्जा, सूचना प्रविधिलगायतका क्षेत्रमा बेलायती लगानीकर्ता भित्र्याउन भूमिका खेल्न आग्रह गर्दै बेलायतसँग दोहोरो कर उन्मुक्ति सम्झौतामा जोड दिए । 

    सो छलफलमा नेपालका लागी बेलायती राजदुत फेनले नेपालमा आर्थिक गतिविधिहरू सञ्चालन गर्न, रोजगारीका अवसरहरू सिर्जना गर्न र दुई देशबीचको नवप्रवर्तन र प्रविधि हस्तान्तरणलाई प्रोत्साहन गर्न बिजुली उत्पादन, ऊर्जा, प्रविधि, पर्यटन र कृषि व्यवसाय क्षेत्रलाई प्राथमिकतामा राखेको बताए । 

    साथै नेपाल इन बिजनेसजस्ता पहलहरूमार्फत नेपालसँगको आर्थिक साझेदारीलाई बलियो बनाउन बेलायत प्रतिबद्ध रहेको बताए । छलफलमा परिसंघका पूर्व अध्यक्ष हरिभक्त शर्मा, उपाध्यक्ष वीरेन्द्रराज पाण्डेलगायत सहभागी थिए । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार