निर्जला सिड्स एण्ड एग्रो केमिकल्सले भव्यता साथ मनायो धान दिवस [ तस्वीरहरु ]

निर्जला सिड्स एण्ड एग्रो केमिकल्सले भव्यता साथ मनायो धान दिवस [ तस्वीरहरु ]

आइतवार, असार १६ २०८१
आइतवार, असार १६ २०८१
  • images
    images
    निर्जला सिड्स एण्ड एग्रो केमिकल्सले भव्यता साथ मनायो धान दिवस  [ तस्वीरहरु ]

    काठमाडौ/ निर्जला सिड्स एण्ड एग्रो केमिकल्सलेधान दिवस अर्थात असार १५ भब्यताका साथ मनाएको छ । 
     खेतमा रोपाईँमै किसानहरुसँग सहभागी जनाएर कम्पनीले कार्यक्रम मनाएको हो । 


    विभिन्न जातका धान गहुँ र मकै को बिउ उत्पादन गर्दै आएको यस कम्पनीले धान दिवसलाई एउटा अवसरको रुपमा मनाएको जनाएको छ । 

    dhan dibas.jpeg


    किसानहरुले मानो रोपेर मुरी फलाउने यो दिन नेपाली किसानहरुको एउटा माहान दिन पनि हो । असार १५ दहि चिउरा खाने परम्परासँगै सरकारले धानखेतीको बृद्धि विकासका लागि दिवसकै रुपमा मनाउँदै आएको छ । सरकारी संघ संस्था तथा विभिन्न नीजि कम्पनीहरुले पनि आ– आफ्नो तर्फबाट कार्यक्रमहरु गरी मनाउने चलन छ ।

    dhan dibas nepal.jpeg

    नुवाकोट सिन्धुपाल्चोक काभ्रेलगायत विभिन्न जिल्लामासमेत कृषक सङ्ग सहकार्य गरेर बिउ उत्पादन कार्यक्रम सन्चालन गर्दै आएको  कम्पनीले स्वदेशी उत्पादनलाई प्रमुख महत्व दिदै आएको छ ।

    dhan dibas nepali.jpeg

    कम्पनीले आफ्नो स्थानीय जातको संरक्षण गरेर उचित खेती प्रणाली अपनाएर मात्रै उत्पादन बढाउन सकिने बताउँदै आएको छ । स्थानीय जातलार्इ प्रोत्साहन गर्दै  सर्वसुलभ दरमा किसानहरुलाई कम्पनीले बीउ उत्पादन गर्दै आएको छ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार