बढ्यो सुन–चाँदीको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?

बढ्यो सुन–चाँदीको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?

मंगलवार, असार १८ २०८१
मंगलवार, असार १८ २०८१
  • images
    images
    बढ्यो सुन–चाँदीको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?

    काठमाडौँ / नेपाली बजारमा आज (मंगलबार) सुनको मूल्य प्रतितोला एक सय रूपैयाँले बढेको छ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन दुई सय रूपैयाँ बढेको सुनको भाउ यसदिन प्रतितोला एक सय रूपैयाँ बढेको हो।

    महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ४२ हजार तीन सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ४१ हजार छ सय रूपैयाँमा कारोबार भइरहेको छ। 

    सोमबार छापावाल सुन प्रतितोला एक लाख ४२ हजार दुई सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ४१ हजार पाँच सय रूपैयाँमा कारोबार भएको थियो। 

    त्यसैगरी, मंगलबार चाँदीको मूल्य पनि बढेको छ।सोमबार प्रतितोला १७ सय ९० रूपैयाँमा कारोबार भएको चाँदी मंगलबार प्रतितोला १८ सय पाँच रूपैयाँमा किनबेच भइरहेको छ। यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला १५ रूपैयाँ बढेको हो ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार