सशस्त्र प्रहरी परिवार महिला संघको २३औं वार्षिकोत्सव सम्पन्न

सशस्त्र प्रहरी परिवार महिला संघको २३औं वार्षिकोत्सव सम्पन्न

मंगलवार, असार १८ २०८१
मंगलवार, असार १८ २०८१
  • images
    images
    सशस्त्र प्रहरी परिवार महिला संघको २३औं वार्षिकोत्सव सम्पन्न

    काठमाडौं / सशस्त्र प्रहरी परिवार महिला संघको २३औं वार्षिकोत्सव विविध कार्यक्रमकासाथ सम्पन्न भएको छ।

    महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरीको प्रमुख आतिथ्यमा प्रधान कार्यालय हल्चोक स्वयम्भुमा साेमबार वार्षिकाेत्सव सम्पन्न भएकाे हाे।

    मन्त्री चाैधरीले सशस्त्र प्रहरी परिवार महिला संघले आफ्नो स्थापना कालदेखि नै शिक्षा, स्वास्थ्य, खेलकुद, विपद् पीडितहरूको सहयोगलगायत विविध जनचेतनामूलक कार्यक्रमहरूमा देखाएको अग्रसरताको मुक्तकण्ठले प्रशंसा गर्दै वार्षिकोत्सवको अवसरमा पुरस्कृत हुने सम्पूर्ण महानुभावहरूलाई हार्दिक बधाई दिइन्।

    उनले सामाजिक सेवाका कार्यहरू कुनै एक व्यक्ति वा संस्थाको प्रयासले मात्र सम्भव नहुने बताउँदै यस्ता कार्यमा सबै मिलेर हातेमालो गरी अगाडि बढ्न जरुरी रहेकोमा जाेड दिइन्।

    निमित्त संगठन प्रमुख सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक नारायणदत्त पौडेलले वार्षिकोत्सवको अवसरमा आयोजित दोस्राे खुल्ला महिला हाफ म्याराथनका विजयी खेलाडीलगायत उत्कृष्ट कार्य गर्ने महिला सशस्त्र प्रहरी कर्मचारीहरूलाई पुरस्कार तथा प्रशंसापत्र प्रदान गरेका थिए।

    सशस्त्र प्रहरी परिवार महिला संघकी उपाध्यक्ष सावित्रा कुमारी जैसीले विभिन्न निजी तथा सामुदायिक विद्यालयबाट एसइई परीक्षामा उत्कृष्ट अंक ल्याउन सफल छात्रछात्राहरूलाई पुरस्कार तथा प्रशंसापत्र प्रदान गर्दै संघको विभिन्न सेवामुलक कार्यहरूमा सहयोग पुर्‍याउने सरकारी तथा गैरसकारी संघसंस्थाकाे योगदानप्रति हार्दिक आभार प्रकट गरिन्।

    संघले आफ्नो स्थापनाकालदेखि सामाजिक सेवामा समर्पित भई स्वास्थ्य, शिक्षा, सरसफाइका क्षेत्रहरुमा योगदान पुर्‍याउनुकासाथै सीपमूलक तालिम तथा जनचेतनामूलक कार्यक्रमहरु संचालन, विपद् प्रकोपमा पीडितहरूलाई सहयोग तथा सीमान्तकृत समुदायका बालबालिकाहरूलाई निःशुल्क आवाशीय सुविधासहितको अध्ययनको व्यवस्था, निःशुल्क स्वास्थ्य शिविर सञ्चालन, रक्तदान कार्यक्रमको आयोजना लगायतका सामाजिक कार्यहरू गर्दै आइरहेको छ।

    कार्यक्रममा सशस्त्र प्रहरी परिवार महिला संघले सञ्चालन गरेका विभिन्न गतिविधिहरू समेटिएको वृत्तचित्र समेत प्रदर्शन गरिएको थियो ।

    कार्यक्रममा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकद्वय चन्द्रप्रकाश गौतम र बंशीराज दाहाल, नागार्जुन नगरपालिकाका उपप्रमुख सुशिला अधिकारी, सैनिक श्रीमती संघकी अध्यक्ष सुनिता शर्मा, निजामती कर्मचारी श्रीमती संघकी उपाध्यक्ष श्रीमती राधा ज्ञावली लगायत तथा सशस्त्र प्रहरी परिवार महिला संघका पदाधिकारी, विभिन्न संघसंस्था महानुभावहरू तथा सशस्त्र प्रहरी बल नेपालका वरिष्ठ अधिकृतहरूको समेत उपस्थिति रहेको थियो।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार