चर्चित समाचार
  • जेठमा १ अर्ब २१ करोड रुपैयाँको बीमा पोलिसी सरेन्डर, नेपाल लाइफबाट बाहिरियो सर्वाधिक, कुन कम्पनीको कति ?

    जेठमा १ अर्ब २१ करोड रुपैयाँको बीमा पोलिसी सरेन्डर, नेपाल लाइफबाट बाहिरियो सर्वाधिक, कुन कम्पनीको कति ?

    जेठ महिनामा मात्रै जीवन बीमा कम्पनीहरूबाट १० हजार ९३५ वटा बीमा पोलिसीबाट एक अर्ब २१ करोड ६२ लाख ४० हजार रुपैयाँको बीमा पोलिसी सरेन्डर भएको हो ।

    बिहिवार, असार २० २०८१
    बिहिवार, असार २० २०८१
  • images
    images
    जेठमा १ अर्ब २१ करोड रुपैयाँको बीमा पोलिसी सरेन्डर, नेपाल लाइफबाट बाहिरियो सर्वाधिक, कुन कम्पनीको कति ?

    काठमाडौँ / चालु आर्थिक वर्ष २०८०/८१ को जेठ महिनामा १० हजार भन्दा बढी बीमा पोलिसी सरेन्डर भएको छ । 

    नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्याङ्क अनुसार चालु आर्थिक बर्षको जेठ महिनामा मात्रै हाल सञ्चालनमा रहेका १४ जीवन बीमा कम्पनीहरूबाट १० हजार ९३५ वटा बीमा पोलिसीबाट एक अर्ब २१ करोड ६२ लाख ४० हजार रुपैयाँको बीमा पोलिसी सरेन्डर भएको हो ।

    नेपाल लाइफ इन्स्योरेन्स सबैभन्दा धेरै पोलिसी सरेन्डर

    प्रधिकरणको तथ्याङ्क अनुसार जेठ महिनामा सबैभन्दा धेरै बीमा पोलिसी सरेन्डर नेपाल लाइफ इन्स्योरेन्सको कम्पनीको भएको छ । एक महिनामा यस इन्स्योरेन्स कम्पनीको २ हजार २०९ वटा पोलिसी सरेण्डेर भएका छन् । उक्त पोलिसीहरुबाट कम्पनीको ३५ करोड ९७ लाख रुपैयाँ सरेण्डर भएको छ । 

    यस्तै, जेठमा नेपाल लाइफ इन्स्योरेन्स पछि लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेडको सबैभन्दा धेरै बीमा पोलिसी सरेन्डर भएको छ । एक महिनाको अवधिमा यस कम्पनीको ३५ करोड ४९ लाख रुपैयाँ बराबरको ३ हजार ४६३ वटा पोलिसी सरेन्डर भएका छन् ।

    अन्य कम्पनीको कति ? 

    चालु आर्थिक वर्षको जेठ महिनासम्ममा राष्ट्रिय जीवन बीमा कम्पनीको १ हजार ४०८ वटा बीमा पोलिसी वापत ११ करोड ३० लाख रुपैयाँ बराबरको पोलिसी समर्पण भएको छ । 

    यस्तै, नेशनल लाइफको ६३६ वटा पोलिसी वापत ७ करोड ६३ लाख रुपैयाँको पोलिसी समर्पण भएको छ । एलआइसी नेपालको ३ हजार ४६३ वटा बीमा पोलिसी वापत ३५ करोड ४९ लाख रुपैयाँ बराबरको पोलिसी त्याग भएको छ । 

    त्यसैगरी, सूर्यज्योति लाइफको ५९८ वटा पोलिसी वापत ६ करोड ९७ लाख रुपैयाँ बराबरको पोलिसी सरेण्डर भएको छ भने, एशियन लाइफको ७७६ वटा बीमा पोलिसी वापत ५ करोड ७३ लाख रुपैयाँ बराबरको पोलिसी त्याग भएको छ ।

    त्यसैगरी हिमालयन लाइफको ५६८ वटा बीमा पोलिसी वापत ५ करोड २८ लाख श्रपैयाँ बराबरको पोलिसी, मेट लाइफको ३९२ वटा बीमा पोलिसी वापत ४ करोड २४ लाख रुपैयाँ बराबरको पोलिसी, प्रभु महालक्ष्मी लाइफको १८१ वटा बीमा पोलिसी वापत ३ करोड ४२ लाख रुपैयाँको पोलिसी र सानिमा रिलायन्स लाइफको १२० वटा पोलिसी वापत १ करोड ६३ लाख रुपैयाँको पोलिसी सरेण्डर भएको तथ्याङ्क छ । 

    आइएमई लाइफको १४७ वटा बीमा पोलिसी वापत १ करोड ३२ लाख रुपैयाँको पोलिसी, सिटिजन लाइफको २४६ वटा बीमा पोलिसी वापत १ करोड २३ लाख रुपैयाँको पोलिसी, रिलायबल नेपाल लाइफको १३४ वटा बीमा पोलिसी वापत ९१ लाख रुपैयाँको पोलिसी सरेन्डर भएको छ भने, सन नेपाल लाइफको ५७ वटा बीमा पोलिसी वापत ४४ लाख रुपैयाँको पोलिसी सरेन्डर भएको हो ।

    यस्तो छ जेठ महिनाको समर्पण बीमालेखको विवरण, 

    1.JPG

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार