संघिय सांसद एकनाथ ढकालद्वारा मलेसियन सभामुख जोहरी बिन अब्दुलसँग शिष्टाचार भेट

संघिय सांसद एकनाथ ढकालद्वारा मलेसियन सभामुख जोहरी बिन अब्दुलसँग शिष्टाचार भेट

बुधवार, असार १९ २०८१
बुधवार, असार १९ २०८१
  • images
    images
    संघिय सांसद एकनाथ ढकालद्वारा मलेसियन सभामुख जोहरी बिन अब्दुलसँग शिष्टाचार भेट

    काठमाडौँ / प्रतिनिधि सभाका सदस्य एकनाथ ढकालले मलेसियन प्रतिनिधि सभाका सभामुख जोहरी बिन अब्दुलसँग शिष्टाचार भेट गरेका छन्। मलेसियन संसद भवनमा भएको भेटमा सांसद ढकालले संसदीय कुटनीति मार्फत नेपाल र मलेसियाबिचको मैत्रीपूर्ण सम्बन्ध थप उचाइमा पुर्याउनु पर्ने धारणा राखे । 

    सांसद ढकालले नेपालको प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेको तर्फबाट मलेसियन सभामुखलाई शुभकामना दिँदै उपयुक्त समयमा नेपालको मैत्रीपूर्ण भ्रमणको लागि समेत आग्रह गरे । मलेसियन सभामुख जोहरीले मलेसियाले नेपालसँगको मैत्रीपूर्ण सम्बन्धलाई उच्च महत्त्वमा राखेको बताउँदै अनुकूल समयमा नेपालको भ्रमण गर्ने बताए । 

    सांसद ढकालले मलेसियामा ठुलो संख्यामा रहेका नेपालीहरुको हितको आवश्यक पहल र सद्भावको लागि सभामुख जोहरीसँग आग्रह पनि गरे । भेटमा आपसी सम्बन्ध तथा क्षेत्रीय स्तरमा शान्ति र सहकार्यको लागि अन्तर-संसदीय पहलकदमी अघि बढाउने र नेपाल-मलेसियाका जनप्रतिनिधिबिच निरन्तर संवाद विस्तार गर्ने बिषयमा पनि छलफल भयो। 

    पूर्वमन्त्री समेत रहेका ढकाल मलेसियाको ३ दिने मैत्रीपूर्ण भ्रमणमा छन्। ढकाल प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समिति सदस्य हुन्।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार