images
images

कांग्रेस नेतृ डा.डिला संग्रौला भन्छिन् : भ्रष्टाचार सम्बन्धि सबै फाइल खोलौँ, छानविनको दायरामा आऔँ

कांग्रेस नेतृ डा.डिला संग्रौला भन्छिन् : भ्रष्टाचार सम्बन्धि सबै फाइल खोलौँ, छानविनको दायरामा आऔँ

शुक्रवार, पुस २६ २०८१
शुक्रवार, पुस २६ २०८१
  • कांग्रेस नेतृ डा.डिला संग्रौला भन्छिन् : भ्रष्टाचार सम्बन्धि सबै फाइल खोलौँ, छानविनको दायरामा आऔँ
    images
    images

    बर्दिया / नेपाली कांग्रेसकी नेतृ डा.डिला संग्रौलाले मुलुकको अस्थिरताको अन्त्य र समृद्धिका लागि एमालेसँग सहकार्य गर्नु परेको बताएकी छन् । नेपाली कांग्रेस बर्दियाले आयोजना गरेको कार्यकर्ता भेटघाट तथा अन्तर्क्रिया कार्यक्रममा डा.संग्रौलाले सहकार्य एमालेसँग भए पनि प्रतिस्पर्धा पनि एमालेसँग नै हुने स्पष्ट पारिन् ।

    उनले आजको नेपाली कांग्रेसको लक्ष्य भनेको समुन्नत र समृद्ध नेपाल रहेको बताउँदै उनले सुशासन सार्थ समृद्धिका लागि भ्रष्टाचार सम्बन्धि सबै फाइल खोल्नुपर्ने धारणा राखिन् । 
    उनले भनिन्, “सुशासन र समृद्धिका लागि भ्रष्टाचारको सबै फाइल खोलिनुपर्छ । जोकोहीमाथि छानविन हुनुपर्छ । सुशासनको को जगमा मात्र समृद्धिको यात्रा तय हुने भएकाले भ्रष्टाचार न्यूनिकरण मुल एजेन्डा बनाइनुपर्छ ।”

    उनले पार्टीको महाधिवेशन समयमै गराउन कार्यकर्ताहरुले माहोल सिर्जना गर्नुपर्ने र क्रियाशिल सदस्यस्ताको टुंगो चाँडो लगाउनुपर्ने बताइन् । नेताहरु एनपी साउद, अब्दुल सतार, गोविन्द बहादुर शाह र चम्पा खड्सहित लुम्बिनी प्रदेश भ्रमणमा पुगेकी डा. संग्रौलासहितको टोलीले बाँके, कपिलवस्तु, नवलपरासी र नवलपुरलगायतका जिल्ला भ्रमण गर्ने कार्यतालिका छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार