युरोपेलीहरू युक्रेनलाई समर्थन गर्छन् तर युद्ध कसरी अन्त्य गर्ने भन्नेमा विभाजित छन् - अध्ययन

युरोपेलीहरू युक्रेनलाई समर्थन गर्छन् तर युद्ध कसरी अन्त्य गर्ने भन्नेमा विभाजित छन् - अध्ययन

बुधवार, असार १९ २०८१
बुधवार, असार १९ २०८१
  • images
    images
    युरोपेलीहरू युक्रेनलाई समर्थन गर्छन् तर युद्ध कसरी अन्त्य गर्ने भन्नेमा विभाजित छन् - अध्ययन

    रुसी सेनालाई रोक्न सङ्घर्ष गरिरहेको र किएभमा हतियारको ढुवानी बढाउने पक्षमा रहेको युक्रेनलाई युरोपेलीहरू धेरै हदसम्म समर्थन गर्छन् ।

     यद्यपि बुधबार प्रकाशित एक सर्वेक्षणअनुसार युद्धलाई कसरी समाप्त गर्ने भन्नेमा उनीहरू विभाजित छन् । रुसले युक्रेनमा किएभको कमजोर सेनाविरुद्ध केही प्रगति हासिल गरिरहेको छ ।

    मस्कोले नियमितरूपमा थप पूर्वी गाउँहरू कब्जा गरेको दाबी गर्दै आएको छ । 

    अमेरिकी कांग्रेसका दक्षिणपन्थी सदस्यहरूको विरोध प्रदर्शनका कारण युक्रेनका लागि नयाँ अमेरिकी कोषमा महिनौँको ढिलाइपछि लाभ हासिल भएको छ । यसबीचमा जुनमा युरोपेली संसद्को निर्वाचनमा मतदाताहरू दक्षिणपन्थीतिर परिवर्तन भएको देखिएको छ ।  

    वैदेशिक सम्बन्धमा युरोपेली परिषद् (इसिएफआर)ले नयाँ सर्वेक्षणमा भनेको छ, “युक्रेनको लड्ने दृढ प्रतिबद्धता र युक्रेनलाई हतियार दिनका लागि युरोपेली समर्थनलाई युद्धको मैदानमा रुसी प्रगतिले असर गरेको छैन ।”

    उक्त प्रतिवेदन युक्रेनसहित १५ युरोपेली मुलुकमा गरिएको जनमत सर्वेक्षणमा आधारित थियो । सर्वेक्षण करिब २० हजार उत्तरदाताहरूको प्रतिक्रियामा भर परेको थियो ।

    परिषद्ले भनेको छ, “अधिकांश मुलुकहरूमा बहुसङ्ख्यक (वा कम्तिमा पनि महत्त्वपूर्ण बहुलता) नागरिकहरूले युक्रेनलाई हतियार र गोलाबारुदको आपूर्ति बढाउने विचारको समर्थन गरेका छन् ।”

    रुसविरुद्ध युक्रेनको लडाइँका लागि समर्थन युरोपभर प्राय स्थिर रहेको छ । अधिकांश उत्तरदाताहरू किएभको जीतको सम्भावनाका बारेमा धेरै उदास थिए । 

    “संक्षेपमा युक्रेनीहरू विजय हासिल गर्न हतियार चाहन्छन् तर अधिकांश युरोपेलीहरू यसको स्वीकार्य अन्तिम समाधानमा सहयोग प्राप्त हुने आशामा हतियार पठाउँछन्”, प्रतिवेदनले भनेको छ । 

    किएभले लामो समयदेखि युद्ध समाप्त गर्ने शर्तका रूपमा रुसले कब्जा गरेका सबै क्षेत्र पुनः हासिल गर्ने कुरामा जोड दिँदै आएको छ । 

    प्रतिवेदनअनुसार युक्रेनीहरूको ठूलो बहुमतले नाटो सदस्यताको बदलामा रुसलाई आफ्नो क्षेत्र सुम्पिने विचारको विरोध गर्दछ । 


    “अधिकांश मुलुकहरू (इस्टोनियाबाहेक)मा द्वन्द्व एउटा सम्झौता समाधानका साथ समाप्त हुनेछ भन्ने प्रचलित दृष्टिकोण छ”, इसिएफआरले भनेको छ । 


    किएभको सबैभन्दा बलियो समर्थकमध्येका इस्टोनिया, पोल्यान्ड र स्विडेनका अधिकांश जनताले युक्रेनलाई उसको कब्जा गरिएको क्षेत्रलाई पुनः हासिल गर्नका लागि लड्न सहयोग गर्न चाहेको अध्ययनले बताएको छ । 

    यद्यपि बुल्गेरिया, ग्रिस र इटाली जस्ता मुलकका अधिकांश जनताले हतियारको आपूर्ति बढाए पनि युक्रेन युद्धको मैदानमा जीत हासिल गर्न सक्छ भन्नेमा सन्देह प्रकट गरेका छन् । 

    यी सबै स्थानका बीचमा चेक गणतन्त्र, फ्रान्स, जर्मनी, नेदरल्यान्ड्स, स्पेन र स्विट्जरल्यान्डलगायतका देशले अहिले पनि युद्ध र त्यसमा युरोपेली सङ्घको भूमिकामा राष्ट्रिय सहमतिलाई बलियो बनाउन सङ्घर्ष गरिरहेका छन् । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार