चर्चित समाचार
  • बचतपत्र धनीहरूलाई यथाशीघ्र भुक्तानी लिन राष्ट्र बैङ्कको आग्रह

    बचतपत्र धनीहरूलाई यथाशीघ्र भुक्तानी लिन राष्ट्र बैङ्कको आग्रह

    बिहिवार, असार २० २०८१
    बिहिवार, असार २० २०८१
  • images
    images
    बचतपत्र धनीहरूलाई यथाशीघ्र भुक्तानी लिन राष्ट्र बैङ्कको आग्रह

    काठमाडौँ / नेपाल राष्ट्र बैङ्कले बचत पत्र धनीहरूलाई यथाशीघ्र भुक्तानी लिन आग्रह गरेको छ । 

    नेपाल सरकारको तर्फबाट केन्द्रीय बैङ्कमार्फत जारी भएका नागरिक बचत पत्र र वैदेशिक रोजगार बचत पत्र खरिद गरेका लगानीकर्ताहरूले पाकेको साँवा ब्याज भुक्तानी लिन नआएको भन्दै राष्ट्र बैङ्कले सार्वजनिक सूचना जारी गर्दै यस्तो आग्रह गरेको हो । 

    बिहीबार सूचना प्रकाशित गर्दै राष्ट्र बैङ्कले २०८१ जेठ मसान्तसम्म परिपक्व भएको साँवा तथा आर्जित ब्याज रकम भुक्तानी लिन बाँकी रहेका लगानीकर्ताहरूलाई यथाशीघ्र भुक्तानी लिन आग्रह गरेको छ । 

    केन्द्रीय बैङ्कले सरकारी ऋणपत्र तथा बचत पत्र जारी गर्दै सरकारका लागि आन्तरिक ऋण उठाउने गर्छ । तथापि, पछिल्लो समय यस्तो ऋण उठाउने र भुक्तानी गर्ने जिम्मेवारी सार्वजनिक ऋण व्यवस्थापन कार्यालयलाई सुम्पिएको छ । 

    यसअघिको असुली तथा भुक्तानीको बाँकी दायित्व राष्ट्र बैङ्कले पूरा गर्न लागेको हो । 

    नेपाल सरकारले नागरिकबाट आन्तरिक ऋण उठाउने उद्देश्यले जारी गर्ने सरकारी ऋणपत्रलाई नागरिक बचतपत्र भन्ने गरिएको छ ।

    त्यस्तै, मुलुकबाहिर रोजगारीमा संलग्न नेपाली नागरिक तथा विदेशमा बसोबास गर्ने गैरआवासीय नेपालीले मात्र खरिद गर्न पाउने सरकारी ऋणपत्रलाई ‘वैदेशिक रोजगार बचतपत्र’ भन्ने गरिन्छ ।

    यस्तो बचतपत्र विदेशबाट र विदेशमा आर्जित रकम वैधानिक माध्यमबाट स्वदेश ल्याएको प्रमाण पेस गरेमा समेत खरिद गर्न सकिन्छ ।

    Notice.JPG

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार