चर्चित समाचार
  • सरकारले धानको समर्थन मूल्य बढायो, प्रतिक्विन्टल कति पुग्यो ?

    सरकारले धानको समर्थन मूल्य बढायो, प्रतिक्विन्टल कति पुग्यो ?

    शुक्रवार, असार २१ २०८१
    शुक्रवार, असार २१ २०८१
  • images
    images
    सरकारले धानको समर्थन मूल्य बढायो, प्रतिक्विन्टल कति पुग्यो ?

    काठमाडौँ / सरकारले आर्थिक बर्ष २०८१/८२ को लागि धानको समर्थन मूल्य बढाएको छ । 

    बिहीवार बसेको मन्त्रिपरिषद् बैठकले उद्योग मन्त्रालयको प्रस्तावमा मोटा धानको समर्थन मूल्य प्रतिक्विन्टल ३४ सय १० रुपैयाँ ५१ पैसा तोकेको हो । 

    यस्तैगरी मध्यम धानको समर्थन मूल्य ३५ सय ८० रुपैयाँ ६२ पैसा तोकेको बैठकपछि सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन्। 

    चालु आवको भन्दा मोटा धान २१२ रुपैयाँ र मध्यम धान २१७ रुपैयाँले बढी हो। सरकारले हरेक वर्ष धानको समर्थन मूल्य वृद्धि गर्दै लगेको छ। 

    चालु आर्थिक वर्ष २०८०/८१ का लागि  मोटा धान प्रतिक्वीन्टल ३ हजार १९८ रुपैयाँ र मध्यम धान प्रतिक्वीन्टल ३ हजार ३६३ रुपैयाँ थियो। 

    यस्तैगरी आर्थिक वर्ष २०७९/८० मा मोटा धान प्रतिक्वीन्टल २ हजार ९६७ र मध्यम धानको समर्थन मूल्य प्रतिक्वीन्टल ३ हजार १२८ रुपैयाँ थियो। 

    आव २०७८/७९ मा मोटा धान २ हजार ७५२ र मध्यम धानको समर्थन मूल्य प्रतिक्वीन्टल २ हजार ९०२ रुपैयाँ तोकिएको थियो। सरकारले तोकेको न्यूनतम समर्थन मूल्यअनुसार खाद्य व्यवस्था तथा व्यापार कम्पनीले धान खरिद गर्नेछ। 

    यसअघि गत चैतमा सरकारले पहिलोपटक चैते धानको समर्थन मूल्य तोकेको थियो। चालु आवका लागि १८ प्रतिशतसम्म चिस्यान भएको चैते धानको समर्थन मूल्य प्रतिक्वीन्टल २ हजार ७०७ रुपैँया २८ पैसा निर्धारण गरिएको थियो।

    त्यस्तैगरी १८ प्रतिशतभन्दा बढी चिस्यान भएको चैते धानको हकमा १ प्रतिशत चिस्यानका लागि १२ सय ग्रामका दरले हुन आउने तौल घटाई कायम हुन आउने तौलका आधारमा न्यूनतम समर्थन मूल्य कायम गरिएको थियो। त्यसअघिसम्म वर्षे धानको मात्र समर्थन मूल्य तोक्ने गरिएको थियो। 

    चालु आवमा देशभर कुल १४ लाख ३८ हजार ९८९ हेक्टर क्षेत्रफलमा धान लगाइएको थियो। जसमध्ये १३ लाख ३४ हजार २७७ हेक्टर क्षेत्रफलमा वर्षे धान र १ लाख ४ हजार ७१२ हेक्टर क्षेत्रफलमा चैते धान लगाइएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ।

    नेपालमा धानको उत्पादकत्व ३.९८ मेट्रिक टन प्रतिहेक्टर रहेको छ। वर्षे धान भन्दा चैते धानको उत्पादकत्व बढी रहेको छ। वर्षे धानको उत्पादकत्व प्रतिहेक्टर ३.९० मेट्रिक टन रहेकोमा चैते धानको उत्पादकत्व ४.९७ प्रतिशत रहेको कृषि मन्त्रालयले जनाएको छ। 

    कुन आर्थिक बर्ष कति तोकिएको थियो समर्थन मूल्य ?

    1.JPG

    स्रोत : कृषि तथा पशुपंक्षी विकास मन्त्रालय 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार