images
images

‘महिन्द्रा उत्सव, छड्के सलाम’, योजना : लाखौँ रुपैयाँ इनाम ककसले पाए ?

‘महिन्द्रा उत्सव, छड्के सलाम’, योजना : लाखौँ रुपैयाँ इनाम ककसले पाए ?

शुक्रवार, पुस २६ २०८१
शुक्रवार, पुस २६ २०८१
  • ‘महिन्द्रा उत्सव, छड्के सलाम’, योजना : लाखौँ रुपैयाँ इनाम ककसले पाए ?
    images
    images

    काठमाडौँ  / नेपालका लागि महिन्द्रा अटोमोबाइल र ट्रयाक्टरहरूको आधिकारिक वितरक, अग्नि इन्कर्पोरेटेड प्राइभेट लिमिटेडले ‘महिन्द्रा उत्सवस् महिन्द्राको छड्के सलाम, जित्नुहोस् लाखौँको इनाम’ योजनाको विजेता घोषणा गरेको छ । 

    बिहीबार राजाधानीमा आयोजित एक समारोहसहित विजेता घोषणा गरिएको हो । महिन्द्राले गत असोजमा विश्वकर्मा पूजा, दशैं, तिहार र छठ पूजालाई लक्षित गरि ‘महिन्द्र उत्सव २०२४’ अभियान विशेष योजना ल्याएको थियो । यो योजना चाडपर्व अवधिभर असोज १ गतेदेखि पुष १६ ९तदनुसार १७ सेप्टेम्बर देखि ३१ डिसेम्बर, २०२४० गतेसम्म लागू गरिएको थियो ।

    जसअनुसार महिन्द्रा ट्र्याक्टर खरिद गर्ने ग्राहकहरूले स्क्र्याच कार्डका अलावा बम्पर इनामअन्तर्गत घोषणामा १ लाख, २ लाख, र ४ लाख नगद जित्ने थप तीन मौकाहरू पाउने व्यवस्था रहेको थियो । उक्त योजनाअनुरुप नै विजेता घोषणा कार्यक्रममार्फत बम्पर पुरस्कारका ३ जना भाग्यशाली विजेताहरू ‘लक्की ड्र’ कार्यक्रममार्फत छनौट गरी घोषणा गरिएको हो । 

    कार्यक्रममा एपिएफका खेलाडीहरूको विशेष आतिथ्य रहेको थियो । एपिएफका खेलाडीहरूस् ब्याडमिन्टन खेलाडी प्रिन्स दाहाल, कराँते खेलाडी महमद सेखु आलम, भलिबल खेलाडी निरुता ठगुन्ना, सुटिङ खेलाडी तथा ओलम्पियन सुस्मिता नेपाल, र एपिएफका एथ्लेटिक्स खेलाडी गोपिचन्द्र पार्कीको उपस्थिति रहेको थियो । गोपिचन्द्र पार्कीले रू। १ लाखको, सुस्मिता नेपालले रू। २ लाख, र महमद सेखु आलमले रू। ४ लाखको विजेता गोला प्रथाद्वारा छानेका हुन् ।

     ‘लक्की ड्र’मार्फत छानिएका विजेताहरू भण्डारा, चितवनबाट डोल बहादुर श्रेष्ठले रू। १ लाख,  चापकोट, स्याङ्जाबाट इश्वर मल्लले रू। २ लाख, र चौरजहारी नगरपालिका, रुकुमबाट डिपिडिएस निर्माण सेवाले रू। ४ लाखको बम्पर इनाम जितेका छन् ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार