images
images

एनआइसी एशिया बैंकका ग्राहकहरूले भाखा नाघेको ऋण असारसम्म चुक्ता गर्दा ३५ प्रतिशतसम्म छुट पाउने

एनआइसी एशिया बैंकका ग्राहकहरूले भाखा नाघेको ऋण असारसम्म चुक्ता गर्दा ३५ प्रतिशतसम्म छुट पाउने

मंगलवार, असार २५ २०८१
मंगलवार, असार २५ २०८१
  • एनआइसी एशिया बैंकका ग्राहकहरूले भाखा नाघेको ऋण असारसम्म चुक्ता गर्दा ३५ प्रतिशतसम्म छुट पाउने

    काठमाडौँ / एनआईसी एशिया बैंकले आफ्ना कर्जा ग्राहकहरूका लागि विशेष छुट योजना ल्याएको छ । बैंकले देशमा हाल कायम रहेको आर्थिक शिथिलताका कारण बैंकको कर्जा ग्राहकहरूमा परेको असरलाई न्यूनीकरण गर्न सघाउ पु-याउने हेतुले २०८० चैत्र मसान्तसम्ममा भाखा नाघेको कर्जामा छुट योजना ल्याएको हो । 

    भाखा नाघेका कर्जाहरूको हकमा सम्वन्धित ऋणीले सम्पूर्ण कर्जा रकम असार महिना भित्रमा चुक्ता भुक्तान गरेमा जरिवाना तथा हर्जाना रकममा शतप्रतिशत छुट र साधारण वक्यौता ब्याज रकममा समेत विशेष छुट पाउने भएको हो । 

    कतिसम्म पाइन्छ छुट ?

    11.jpg

    मासिक तथा त्रैमासिक किस्ताबन्दीमा भुक्तानी हुने वा चालूपुँजी कर्जा तथा अन्य रिभल्विङ प्रकृतिका कर्जाहरू लगायत बैंकबाट प्रवाह भएका कुनै पनि प्रकारका कर्जाहरूमा आर्थिक शिथिलताका कारणले मर्कामा पर्नु भएका ग्राहकहरूले सो योजनामा सहभागी भई लाभ लिन सक्नेछन् । 

    यस असाधारण समयमा राष्ट्रिय अर्थतन्त्रको बृहत्तर हितको निमित्त सबै सरोकारवालाहरूले आ–आफ्नो हिसाबले योगदान पु¥याउनुपर्ने आजको टड्कारो आवश्यकतालाई हरसम्भव सम्बोधन गर्न यस बैंकले ऋणीहरूका लागि कर्जामा आकर्षक ब्याज छुटको व्यवस्था गरेको हो । 

    बैंकले ल्याएको यस छुट योजनाबाट आर्थिक शिथिलताले समस्यामा परेएका ग्राहकहरूको वित्तीय भार कम गर्न केही हदसम्म भए पनि मद्दत पुग्नुका साथै देशको समग्र अर्थतन्त्रको पुनर्उत्थान एवं दीगो सबलीकरणमा समेत टेवा पुग्ने बैंकले विश्वास लिएको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार