images
images

हालसम्म कुन प्रदेशमा कति सकियो रोपाई ?

हालसम्म कुन प्रदेशमा कति सकियो रोपाई ?

दुई साता अवधिमा मुलुकभर ५ लाख ९५ हजार १ सय २९ हेक्टरमा रोपाइँ भएको छ ।

बिहिवार, असार २७ २०८१
बिहिवार, असार २७ २०८१
  • हालसम्म कुन प्रदेशमा कति सकियो रोपाई ?

    काठमाडौँ / समयमै बर्षा भएसँगै मुलुकभर ४२.६ प्रतिशत रोपाई सम्पन्न भएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्क अनुसार मनसुन सक्रिय भएसँगै धान रोपाइँ हुने क्षेत्रफल पनि बढेको दखिएको हो । 

    images
    images
    images
    images

    दुई साता अवधिमा मुलुकभर ५ लाख ९५ हजार १ सय २९ हेक्टरमा रोपाइँ भएको छ । यो कुल धान रोपाइँ हुने क्षेत्रफलको ४२.६ प्रतिशत हो । मुलुकभर १३ लाख ९८ हजार २ सय ७३हेक्टरमा धान रोपाइँ हुन्छ ।

    कुन प्रदेशमा कति भयो रोपाई ?

    विभागले सार्वजनिक गरेको रोपाईको तथ्याङ्क हेर्दा असार २४ गतेसम्ममा  ५ लाख ९५ हजार १ सय २९ हेक्टरमा रोपाई सम्पन्न भएको देखिएको छ । 

    यस अवधीसम्ममा सुदूरपश्चिम प्रदेशमा भने रोपाइँ सकिन लागेको छ । यस प्रदेशमा ८६ प्रतिशत अर्थात १ लाख ५० हजार ६२ हेक्टरमा रोपाइँ भएको मन्त्रालयले जनाएको छ । यहाँ १ लाख ७४ हजार ५ सय ७६ हेक्टरमा धान रोपाइँ हुन्छ । 

    दोस्रोमा गण्डकी प्रदेशमा ४९.७ प्रतिशत अर्थात ४७ हजार ७ सय ३३ हेक्टरमा रोपाइँ भएको छ । गण्डकीमा ९६ हजार ५३ हेक्टरमा रोपाइँ हुन्छ । यस्तै, कर्णालीमा ४७्५ प्रतिशत (१९ हजार ९ सय ४ हेक्टर) मा रोपाइँ भएको छ । यस क्षेत्रमा ४१ हजार ९ सय ४ हेक्टरमा रोपाइँ हुन्छ । 

    यता, असार २३ सम्ममा लुम्बिनी प्रदेशमा भने ४४.४ प्रतिशत (१ लाख ३८ हजार ३ सय ६४ हेक्टर)मा रोपाइँ भएको छ ।लुम्बिनीमा ३ लाख ११ हजार ६ सय ४३ हेक्टरमा रोपाइँ हुन्छ । 

    वाग्मतीमा ४०.२ प्रतिशत (४६ हजार ४४ हेक्टर) मा रोपाइँ भएको छ । यहाँ १ लाख १४ हजार ५ सय ६१ हेक्टरमा रोपाइँ हुन्छ । मन्त्रालयका अनुसार कोशीमा ३४.४ प्रतिशत (९५ हजार १ सय ७० हेक्टरमा) रोपाइँ भएको छ । यहाँ २ लाख ७६ हजार ३ सय ८६ हेक्टरमा रोपाइँ हुन्छ ।

    यी प्रदेश बाहेक मुख्य धान उत्पादन हुने मधेशमा भने हालसम्ममा २५.५ प्रतिशत मात्रै रोपाइँ भएको छ । यहाँ ३ लाख ८३ हजार १ सय ५० हेक्टरमा रोपाइँ हुन्छ । तर असार २३ सम्म ९७ हजार ८ सय ५१ हेक्टरमा मात्रै रोपाइँ भएको मन्त्रालयले जनाएको हो । 

    असार २३ गतेसम्म कहाँ कति सकियो रोपाई ?

    1.JPG

    असार पहिलो सातादेखि रोपाइँ सुरु

    यो वर्ष असार पहिलो सातादेखि किसानले रोपाइँ सुरु गर्न थालेका हुन् । विभागले संकलन गरेको तथ्यांकअनुसार १२ असारसम्म देशभर ९.८ प्रतिशत रोपाइँ भएको थियो । 

    १४ असारसम्म १७.१ प्रतिशत र १८ असारसम्म २१.३ प्रतिशत रोपाइँ भएको थियो । पछिल्लो एक सातामा भने दोब्बरले रोपाइँमा वृद्धि भएको हो । देशभर मनसुन सक्रिय भएकाले किसानले धमाधम रोपाइँ गरिरहेको विभागले जनाएको हो ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार