images
images

स्क्वायर मोटर्सले पोखरामा सञ्चालनमा ल्यायो टीभीएसको नयाँ शोरुम, केके पाइनेछ सेवा ?

स्क्वायर मोटर्सले पोखरामा सञ्चालनमा ल्यायो टीभीएसको नयाँ शोरुम, केके पाइनेछ सेवा ?

बिहिवार, असार २७ २०८१
बिहिवार, असार २७ २०८१
  • स्क्वायर मोटर्सले पोखरामा सञ्चालनमा ल्यायो टीभीएसको नयाँ शोरुम, केके पाइनेछ सेवा ?

    पोखरा / स्क्वायर मोटर्स प्राइवेट लिमिटेडले पोखरामा आफ्नो नयाँ टीभीएस शोरुम उद्घाटन गरेको छ । असार २६  गते आयोजित एक समारोहकाबिच पोखरा महानगर प्रमुख धनराज आचार्यले  रिबन काटेर शोरुमको उद्घाटन गरेका हुन् । 

    images
    images
    images
    images

    स्क्वायर मोटर्सको नयाँ शोरुमले स्थानीय समुदायको मोटरबाइक र स्कूटर आवश्यकताहरू पूरा गर्ने उद्देश्य राखेको छ । जसमा विभिन्न  टीभीएस मोडेलहरू उपलब्ध गराइने कम्पनीले जनाएको छ । 

    त्यति मात्र नभई टीभीएस सवारी साधनहरूको प्रदर्शनसँगै, शोरूमले स्पेयर पार्ट्स र सवारी साधन मर्मतसम्भार सहित व्यापक सेवाहरू प्रदान गर्नेछ । 

    पोखरामा टीभीएस उत्साहीहरुलाई उच्च स्तरका उत्पादन र सेवाहरू उपलब्ध  गराउने प्रतिबद्धता स्क्वायर मोटर्सका सञ्चालकहरू बिनोज पोते र आदर्शमान श्रेष्ठले जनाएका थिए ।

    जगदम्बा मोटर्स प्रा.लि., नेपालमा टीभीएसका दुई पाँङ्ग्रे सवारी साधनको एक मात्र आधिकारिक वितरक हो । 

    देशभर १५० भन्दा बढी डिलरहरुको बलियो सञ्जालका कारण टिभिएसले बजारमा आफ्नो मजबुत पकड बनाउन र ग्राहकहरूलाई सन्तुष्ट बनाउन सफल भएको छ । 

    गुणस्तरीय उत्पादन, नवीन टेक्नोलोजीको प्रयोग, बिक्री पश्चातको उत्कृष्ट सेवा र देशभर जगेडा पार्टपुर्जाहरुको उपलब्धताका कारणनै टिभिएस आज नेपालको सर्वाधिक रुचाइएको टु–ह्विलर ब्राण्डका रुपमा स्थापित हुन पुगेको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार