images
images

पहिरोले बगाउदा त्रिशूलीमा दुई ओटा बस खस्यो, कति थिए यात्रु ?

पहिरोले बगाउदा त्रिशूलीमा दुई ओटा बस खस्यो, कति थिए यात्रु ?

शुक्रवार, असार २८ २०८१
शुक्रवार, असार २८ २०८१
  • पहिरोले  बगाउदा त्रिशूलीमा दुई ओटा बस खस्यो, कति थिए यात्रु ?
    फाइल फोटो

    चितवन / नारायणगढ–मुग्लिन सडकको सिमतालमा लेदोसहितको पहिरोले दुईवटा बस बगाएर त्रिशूलीमा बेपत्ता भएको छ । ती बसमा चालकसहित ६३ जना रहेको अनुमान छ ।

    घटनास्थलमा पुगेका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार आज बिहान ३ः३० बजे दुई बस त्रिशूलीमा खसेका हुन् । 

    उनका अनुसार काठमाडौँबाट गौर जान आउँदै गरेको गणपति डिलक्स र वीरगञ्जबाट काठामाडौँ जाँदै गरेको एन्जट बस त्रिशूलीमा खसेका हुन् । 

    प्रारम्भिक जानकारीअनुसार गौर जान आउँदै गरेको बसमा ४१ जना र काठमाडौँ जाँदै गरेको बसमा २४ जना रहेका थिए ।

    उनले भने, “हामी घटनास्थलमा छौँ । पानी परिरहेकाले छ । उद्धारको काम थालिएको छ । पहिरो पन्छाउन सुरु गरिएको छ ।” 

    उनले  यकिन विवरण भने आई नसकेको बताए।  

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार