काठमाडौँ / अमेरिकाको ४७ औं राष्ट्रपतिमा रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्प निर्वाचित भएका छन् । डेमोक्र्याट उम्मेदवार उपराष्ट्रपति कमला ह्यारिसलाई पराजित गरेर उनी दोस्रो कार्यकालका लागि राष्ट्रपति निर्वाचित भएका हुन् ।
यसअघि सन् २०१६ मा पहिलो पटक राष्ट्रपति निर्वाचित भएका । ट्रम्प २०२० को चुनावमा भने जो डेमोक्र्याट उम्मेदवार जो बाइडनसँग पराजित भएका थिए ।
निर्वाचन आयोगले आधिकारिक रूपमा उनलाई राष्ट्रपति घोषणा गरेका छैनन् यद्यपि, १० इलेक्टोरल भोट भएको विस्कन्सिन र ३ इलेक्टोरल भोट भएको अलस्कामा रिपब्लिकनको जित पक्का भएको छ ।
योसँगै राष्ट्रपतिमा ट्रम्पको इलेक्टोरल भोट २७९ पुगेको छ । जबकि राष्ट्रपति निर्वाचित हुनका लागि २७० इलेक्टोरल भोट भए पुग्छ ।