images
images

वीरगन्जबाट काठमाडौँ आउँदै गरेको बसमा थिए यी २४ यात्रु (सूचीसहित)

वीरगन्जबाट काठमाडौँ आउँदै गरेको बसमा थिए यी २४ यात्रु (सूचीसहित)

शुक्रवार, असार २८ २०८१
शुक्रवार, असार २८ २०८१
  • वीरगन्जबाट काठमाडौँ आउँदै गरेको बसमा थिए यी २४ यात्रु (सूचीसहित)

    काठमाडौँ / चितवनको भरतपुर महानगरपालिका–२९ स्थित सिमलतालमा पहिरो खस्दा दुई वटा डिलक्स गाडी त्रिशूलीमा खसेका छन् । 

    images
    images

    नारायणगढ–मुग्लिन सडक खण्डको सिमलतालबाट बागमती प्रदेश–०३–००६ ख १५१६ नम्बरको एन्जल डिलक्स र गणपति डिलक्स नदीमा खसेका हुन् ।

    मुग्लिन–नारायणगढ सडकखण्ड अन्तर्गत चितवनको भरतपुर महानगरपालिका–२९ सिमलतालमा खसेको पहिरोले बगाएकोमध्ये एन्जल डिलक्समा २४ जना रहको खुलेको छ। 

    वीरगन्जबाट काठमाडौँ आउँदै गरेको एन्जल डिलक्सको प्रदेश ०३–००६ ख १५१६ नम्बरको बसमा एक जना चालक र दुई सहचालकसहित २४ जना सवार रहेको खुलेको हो।

    प्रहरीका अनुसार टिकट काउन्टरका कर्मचारीले १७ जनाको नाम र ७ जनाको सङ्ख्या मात्रै इन्ट्री गरेर चढाएको भेटिएको छ । हराएका दुवै बस खोज्न सेना, सशस्त्र र प्रहरी परिचालन गरिएको छ ।

    एन्जलमा सवार यात्रुहरूको सूची यस्तो छः

    १ . अन्सारी जी समेत २ जना (भारत घर)

    २. सन्तोष ठाकुर, भारत

    ३. सुरेन्द्र शाह, भारत

    ४. आदित मिया, भारत

    ५. सुनिल शाह, भारत

    ६. साहनबाज आलम, भारत

    ७. प्रकाश पटेलसमेत दुई जना (वीरगन्ज–१४ पिपरा)

    ८. अरबिन्द्र दुवे, ठेगाना नखुलेको 

    ९. हरिन्द्र पण्डित, ठेगाना नखुलेको 

    १०. सुजित जीसहित दुई जना (रामनगरी पर्सा)

    ११. परमानन्द जी, बारा मुसहर्वा

    १२. हृदयनारायण राउत समेत ३ जना (पर्सा रंगपुर)

    १३. सालिम मिया सहित दुई जना (रघुनाथपुर)

    १४. रैजुल आलम समेत दुई जना (पर्सा कटिया)

    १५. जवाहिर महतो, वीरगन्ज (बस चालक)

    १६. राजेन्द्र केसी, डिलक्स साहु 

    १७. चौधरी थरका सह–चालक 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार