images
images

सुनको मूल्य सामान्य बढ्दा चाँदीको घट्यो, आज कतिमा हुदैछ कारोबार ?

सुनको मूल्य सामान्य बढ्दा चाँदीको घट्यो, आज कतिमा हुदैछ कारोबार ?

सोमवार, साउन ७ २०८१
सोमवार, साउन ७ २०८१
  • सुनको मूल्य सामान्य बढ्दा चाँदीको घट्यो, आज कतिमा हुदैछ कारोबार ?

    काठमाडौँ / आज सोमबार नेपाली बजारमा सुनको मूल्य सामान्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार आज नेपाली बजारमा सुनको मूल्य प्रतितोला एक सय रुपैयाँले बढेको हो । 

    अघिल्लो कारोबारको दिन अर्थात आइतबार प्रतितोला एक हजार तीन सय रूपैयाँ घटेको सुनको भाउ यसदिन पनि प्रतितोला एक सय रूपैयाँ बढेको हो ।

    महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ४६ हजार तीन सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ४५ हजार छ सय रूपैयाँमा कारोबार भइरहेको छ ।

    आइतबार छापावाल सुन प्रतितोला एक लाख ४६ हजार दुई सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ४५ हजार पाँच सय रूपैयाँमा कारोबार भएको थियो ।

    त्यसैगरी, सोमबार चाँदीको मूल्य अघिल्लो दिनको तुलनामा घटेको छ । यस दिन चाँदीको मूल्य प्रतितोला एक हजार सात सय ९० रूपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । 

    आइतबार चाँदी प्रतितोला एक हजार आठ सय १० रूपैयाँमा कारोबार भएको थियो । यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला २० रूपैयाँ घटेको हो।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार