images
images

उच्च शिक्षाको नाममा ११ महिनामा बाहिरियो १ खर्ब १७ अर्ब, विद्यार्थीहरूको प्रमुख गन्तव्य जापान

उच्च शिक्षाको नाममा ११ महिनामा बाहिरियो १ खर्ब १७ अर्ब, विद्यार्थीहरूको प्रमुख गन्तव्य जापान

आइतवार, साउन १३ २०८१
आइतवार, साउन १३ २०८१
  • उच्च शिक्षाको नाममा ११ महिनामा बाहिरियो १ खर्ब १७ अर्ब, विद्यार्थीहरूको प्रमुख गन्तव्य जापान

    काठमाडौँ / नेपाली विद्यार्थीहरू उच्च शिक्षा अध्ययनका लागि विभिन्न मुलुक जाने क्रम बढेसँगै नेपालबाट बाहिरिने रकम पनि बृद्धि भइरहेको छ । नेपाल राष्ट्र बैंकको तथ्याङ्क अनुसार उच्च शिक्षाका लागि विदेश जाने नेपालीहरूका कारण वर्षेनी खर्बौँ रुपैयाँ हाराहरीमा रकम विदेशिएको देखिन्छ । 

    आर्थिक बर्ष २०८०/८१ मा मात्र विदेशमा पढ्न जानका लागि एक लाख १२ हजार २६९ विद्यार्थीले सरकारी स्वीकृति अर्थात ‘नो अब्जेक्सन सर्टिफिकेट’ लिएको सानोठिमीस्थित वैदेशिक अध्ययन अनुमति शाखाले जनाएको छ । 

    गत वर्ष २०७९/८० को तुलनामा यो संख्या झन्डै दुई हजार ५२ अर्थात १.८१ प्रतिशतले बढी हो । अघिल्लो आवमा एक लाख १० हजार २१७ जनाले विदेश पढ्न जान अनुमति लिएका थिए ।

    विद्यार्थीहरूमा किन बढ्यो विदेशको मोह ? 

    नेपालमा राम्रा शिक्षाका अवसरहरू पर्याप्त छैनन् । पढाइ पश्चात रोजगारीका अवसरहरू पर्याप्त छैनन् । जसकारण विदेश जाने प्रचलन बढेको अधिकारीहरू बताउछन् । नेपालबाट अध्ययनका लागि भनेर जाने विद्यार्थीहरूको उद्देश्य पढ्नुको साथै पैसा कमाउने र उतै रमाउने हुन थालेको छ ।

    यसले एकातिर नेपालको पैसा विदेशिदै छ भने अर्कोतर्फ नेपालको दक्ष युवा शक्ति बाहिरिँदै छ । 

    पछिल्ला वर्षहरूमा हरेक दिन सयौँ नेपाली विद्यार्थीहरू उच्च शिक्षाका लागि विदेश जाने गर्छन । तर, तीमध्ये उच्च शिक्षा अध्ययन गरी दक्ष बनेर कति जना नेपाल फर्कन्छन् भन्ने तथ्याङ्क सरकारसँग छैन । 

    ११ महिनामा बाहिरियो १ खर्ब १७ अर्ब 

    राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ् अनुसार नेपालबाट विदेशिने विद्यार्थीको  संख्या बढेसँगै बाहिरिने पैसा पनि बढ्दै गएको छ । ०८०/८१ को जेठ मसान्तसम्ममा अर्थात ११ महिनामा विदेश अध्ययनमा जाने विद्यार्थीबाट एक खर्ब १७ अर्ब ५८ लाख बिदेसिएको राष्ट्र बैंकको तथ्याङ्क छ । 

    यता, पछिल्लो एक महिनाको हिसाबसमेत आउँदा रकम अझ बढ्ने राष्ट्र बैंकका अधिकारीहरू बताउछन् । यता, राष्ट्र बैंकको अनुसार अघिल्लो आव ०७९/८० मा एक खर्ब ४२ करोड ३३ लाख रुपैयाँ बाहिरिएको थियो । 

    राष्ट्र बैंकको तथ्याङ्कअनुसार आर्थिक वर्ष ०७७/७८ मा २४ अर्ब ९५ करोड ९४ लाख रुपैँया बाहिरिएको छ । यस्तै, आव २०७८/७९ मा ६७ अर्ब ७० करोड १६ लाख रुपैयाँ बाहिरिएको छ । 

    1.jpgनेपाली विद्यार्थीको रोजाइमा परेका प्रमुख देशहरू 

    विद्यार्थीको रोजाइमा जापान, अस्ट्रेलिया, क्यानडा, अमेरिका, डेनमार्क, भारत, दक्षिण कोरिया, युके, युएई, न्युजिल्यान्ड, फ्रान्स, फिनल्याण्डलगायतका देश नेपाली विद्यार्थीको रोजाइमा छन् ।

    जसमध्ये यस बर्ष सबैभन्दा धेरै विद्यार्थी जापान पुगेका छन् । आव ०८०/८१ मा जापानका लागि ३४ हजार ७३१ जनाले अनुमति लिएका छन् जब कि अघिल्लो आवमा जापानका लागि २१ हजार ६५८ जनाले अनुमति लिएका थिए ।

    यस्तै, क्यानडामा १५ हजार ९८२, अस्ट्रेलियामा १४ हजार ३७२, अमेरिकामा ११ हजार २६१, डेनमार्कमा १ हजार ७५४, भारतमा २ हजार ३८९ र कोरियामा ६ हजार ८८९ पुगेका छन् । 

    त्यसैगरी, युकेमा १३ हजार ३३९, युएईमा २ हजार १४७, न्युजिल्यान्डमा एक हजार ४४६, फ्रान्समा एक हजार ४८९, फिनल्यान्डमा एक हजार ५३५ लगायत ६६ देशमा अध्ययनका लागि नेपाली विद्यार्थी पुगेका छन् । 

    पछिल्लो वर्ष विदेश गएकामध्ये २८ हजार ८९१ विद्यार्थी व्यवस्थापन विषय अध्ययनका लागि गएका छन् । जापनिज भाषामा ३३ हजार ६९७, बिजनेस विषयमा १० हजार दुई, सूचना प्रविधिमा पाँच हजार ९११ विद्यार्थी बाहिरिएका छन् । 

    त्यस्तै, विज्ञानमा ५ हजार ३८४, कम्प्युटर साइन्समा ४ हजार ९९२, इन्जिनियरिङमा ४ हजार ४२६, स्वास्थ्य विषयमा ४ हजार १५९, विज्ञान प्रविधि विषय अध्ययनका लागि ४ हजार १०२ हस्पिटालिटीमा २ हजार ५४३, मानविकीमा एक हजार ८१३, शिक्षाशास्त्रमा ४३६, कृषि विज्ञानमा ३९२ विद्यार्थी बिदेशिएको तथ्याङ्क छ ।

    2.jpg

    शिक्षा क्षेत्रमा बजेट कति ?

    सरकारले आर्थिक वर्ष २०८१/८२ मा शिक्षा, विज्ञान तथा प्रविधि क्षेत्रमा २ खर्ब ३ अर्ब ६६ करोड बजेट विनियोजन गरेको छ । यो कुल बजेटको १०.०९ प्रतिशत हो । अन्तर्राष्ट्रिय मान्यता अनुसार कुल बजेटको २० प्रतिशत रकम शिक्षा क्षेत्रका लागि विनियोजन हुनुपर्दछ । 

    शिक्षा क्षेत्रमा सरकारले गरेको लगानी न त व्यवहारिक छ न रोजगारमूलक नै । जसकारण धेरै युवाहरू नेपालमा पढेर कुनै सीप तथा ज्ञान प्राप्त गरिन्छ भन्ने कुरामा विश्वस्त छैनन् र विदेशिने क्रम पनि बढ्दै गइरहेको छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार