images
images

प्रभु बैंक, आइडिया स्टुडियो नेपाल र गण्डकी प्रदेशका तीन क्याम्पसहरूबिच त्रिपक्षीय रणनीतिक समझदारी

प्रभु बैंक, आइडिया स्टुडियो नेपाल र गण्डकी प्रदेशका तीन क्याम्पसहरूबिच त्रिपक्षीय रणनीतिक समझदारी

शुक्रवार, साउन १८ २०८१
शुक्रवार, साउन १८ २०८१
  • प्रभु बैंक, आइडिया स्टुडियो नेपाल र गण्डकी प्रदेशका तीन क्याम्पसहरूबिच त्रिपक्षीय रणनीतिक समझदारी

    काठमाडौँ / प्रभु बैंक लिमिटेड, आइडिया स्टुडियो र गण्डकी प्रदेशका तीन ओटा क्याम्पसहरूबिच त्रिपक्षीय रणनीतिक समझदारी भएको छ । 

    उक्त समझदारी पत्रमा प्रभु बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन, आईडिया स्टुडियो नेपालका तर्फबाट कार्यकारी अध्यक्ष तथा संस्थापक डा. छिरिङ्ग लामा धौलागिरी बहुमुखी क्याम्पसका तर्फबाट क्याम्पस प्रमुख डा. राम प्रसाद उपाध्याय, म्याग्दी बहुमुखी क्याम्पसका तर्फबाट क्याम्पस प्रमुख श्रीधर सुवेदी, रकालीका बहुमुखी क्याम्पसकातर्फबाट क्याम्पस प्रमुख सह-प्राध्यापक बिरन्जी गौतमले समझदारी ज्ञापनपत्रमा हस्ताक्षर गरेका छन् । 

    उक्त सहकार्यले कालिका बहुमुखी क्याम्पस ,धौलागिरी बहुमुखी क्याम्पस तथा म्याग्दी बहुमुखी क्याम्पसका फ्याकलटी तथा विद्यार्थीहरूमा उद्यममशीलताको क्षेत्रमा  सिर्जनात्मकताको वातावरण बनाउन र नवोदित उद्यमीहरूलाई सशक्तीकरण गर्नेछ ।

    सहकार्यले प्रभु बैंक उल्लेखित तीन क्याम्पस र आइडिया स्टुडियो नेपालको संयुक्त विशेषज्ञता र नवप्रवर्तनको मार्फत विधार्थीहरूमा चौतर्फि विकास र वृद्धि हुनेछ । 

    सो अवसरमा प्रभु बैंकका सिइओ अशोक शेरचनले प्रभु बैंक र आइडिया स्टुडियो नेपालले धेरै वर्षदेखि सहकार्य गर्दै बिभिन्न कार्यकम्रहरु गर्दै आएको र त्यसै सिलसिलामा यस वर्ष गण्डकी प्रदेशका विद्यार्थीहरूमा उधमशिलता र नवप्रवर्तनको विकासका लागि आवश्यक सहकार्यको र सहयोग प्रदान गर्ने उद्देश्यले यी उल्लेखित तीन क्याम्पसहरूसँग सहकार्य गर्न लागेको जानकारी दिए । ्

    त्यस्तै, आइडिया स्टुडियो नेपालका कार्यकारी अध्यक्ष तथा संस्थापक डा. छिरिङ्ग लामाले आइडिया स्टुडियो नेपालले शैक्षिक पाठ्यक्रमलाई समय सान्दर्भिक र व्यवहारिक बनाउन शिक्षक तथा प्रधानध्यापकहरुलाई तालिम र अनुसन्धानका कार्यहरुमा सहयोग र प्रोत्सहान गर्दै विद्यार्थीहरुका लागि २१ औँ शताब्दीका शीप र ज्ञान दिँदै आफ्नो लक्ष्य अनुसार ऋबचभभच म्भखभयिऊभलत को परामर्श  दिइ्ने बताए । 

    उक्त सहकार्यले उद्यमशील विद्यार्थीहरुलाई आवश्यक इन्युवेशन (तालिम) प्रदान गर्दै उनीहरुको  सोच लाई व्यवसायमा रुपान्तरण गर्न सकिन्छ भन्ने आत्मविश्वास पनि सिर्जना गर्ने उनको विश्वास छ । 

    त्यस्तै, धौलागिरी बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख डा. रामप्रसाद उपाध्यायले हालको समयमा युवाहरु बिदेशिने क्रम बढी रहेको बेला शैक्षिक संघ संस्थाहरुले विद्यार्थीलाई देशभित्र अवसर देखाउन एकदमै जरुरी रहेको बताए । 

    उक्त सहकार्यले धौलागिरी बहुमुखी क्याम्पसका विद्यार्थीहरुले आफुलाई उद्यमशिलता क्षेत्रमा अगाडि बढाउदै यहा केही गर्न सकिन्छ छन भनेर बिश्वास दिलाउन सकिने अपेक्षा राखिएको उनले जानकारी दिए । 

    यसैगरी, म्याग्दी बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख श्रीधर सुवेदीले यस क्षेत्रका विद्यार्थीहरु निकै क्षमतावान रहेको र आजको यस सहकार्यले ती विद्यार्थीहरुको उद्यमशीलतालाई थप उर्जा दिनमा मार्गदर्शन दिने साथै म्याग्दी बहुमुखी क्याम्पसमा अध्ययनरत विभिन्न जिल्लाका विद्यार्थीहरुलाई उद्यमशिलताको क्षेत्रमा प्रोत्साहन गर्दै आफ्नै ठाँउमा भविष्य बनाउन सकिन्छ भन्ने कुरा महसुस गराउन मद्दत पुर्याउँछ भन्नेमा आफू विश्वस्त रहेको बताए । 

    कालिका बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख सह–प्राध्यापक बिरन्जी गौतमले आफुले यस अघि पनि बिभिन्न संस्थाहरूसँग उद्यमशिलताको लागि सहकार्य तथा साझेदारी गरिएको भएता पनि ती साझेदारीमा मात्र सीमित रहेको तर यस प्रभु बैंक र आईडिया स्टुडियो नेपालको सहकार्यले भने विधार्थीहरुलाई उद्यमशिलतामा प्रोत्साहन गर्ने बताए । 

    उनले भविष्यमा स्व. उद्यमी बनाउने विश्वस्त व्यक्त गरे । 

    आईडिया स्टुडियोले उक्त साझेदारी अन्तर्गत उल्लेखित क्याम्पसहरुमा अध्ययनरत विधार्थीहरुलाई उद्यमशिलता, नवप्रवर्तन र ईन्क्युवेशन, व्यापार योजनाको  विकास गर्ने र आवश्यक सर–सल्लाह प्रदान गर्दै शिक्षकहरुको अनुसन्धानको क्षेत्रमा अगाडि बढाउनका लागि आवश्यक सर–सल्लाह समेत प्रदान गर्नेछ । 

    आईडिया स्टुडियोले विभिन्न समयमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विज्ञहरुलाई समावेश गरी विषयगत सेमिनारहरु पनि सन्चालन गर्नेछ । 

    त्यस्तैगरी, कार्यक्रम कार्यान्वयनको लागि समग्र मार्गदर्शन र प्राविधिक सहयोग साथै उद्यम सञ्चालन पछि सो को पूर्ण अनुगमन तथा मूल्याङ्कन समेत गर्नेछ ।

    आइडिया स्टुडियो नेपालले शिक्षकहरुको उद्यमशील मानसिकतालाई विकास गर्दै विद्यार्थीहरुलाई सिक्ने र सिकाउने दुवैमा नवीन दृष्टिकोणहरूतर्फ डोर्‍याउँछ।

    प्रभु बैंकको तर्फबाट शैक्षिक संस्थामा आइडिया स्टुडियो नेपालले उद्यमशील इकोसिस्टमलाई बढावा दिने कार्यक्रममा बैँकको मूल्याङ्कनमा अधिन रहि आशाजनक विद्यार्थीहरूका  लागि आवश्यक पर्ने स्टार्टअप ऋण लगानी गर्नेछ भने विद्यार्थीको उद्यमीलता क्षमता विकासको लागि बृहत बैंकिङ्क साक्षरता समेत प्रदान गर्नेछ । 

    साथै, उद्योग् व्यवसाय तथा शैक्षिक संस्थालाई ब्रिजिङ्ग गर्ने, निति तथा व्यवसायिक अभ्यास र व्यावहारिक ज्ञानका क्षेत्रमा संकायहरूबिच कार्य अनुसन्धान प्रवर्द्धन गर्ने बैंकले भूमिका खेल्नेछ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार