images
images

सेयर बजार ६.७८ अङ्कले बढ्दा बित्त सेक्टरमा पहिरो, बैंकिङ सेक्टर पनि घटे

सेयर बजार ६.७८ अङ्कले बढ्दा बित्त सेक्टरमा पहिरो, बैंकिङ सेक्टर पनि घटे

सोमवार, माघ ७ २०८१
सोमवार, माघ ७ २०८१
  • सेयर बजार ६.७८ अङ्कले बढ्दा बित्त सेक्टरमा पहिरो, बैंकिङ सेक्टर पनि घटे
    images
    images

    काठमाडौँ / वाणिज्य बैंकहरूले दोस्रो त्रैमासको वित्तीय विवरण प्रकाशित गरेपछि भने सेयर बजारमा उत्साहजनक सुधार देखिएन । बाणिज्य बैंकहरूको रिर्पोट प्रकाशित भएकै दिन बैंकिङ सेक्टर ०.२० प्रतिशत र विकास बैंक ०.६० प्रतिशतले घटेको हो । 

    सेयर बजार ६.७८ अङ्कले  बढेर २६०७.९९ बिन्दुमा पुगेको भए पनि बैंकिङ सेक्टरमा भने निराशा कायमै छ । खराब कर्जा उच्च रूपमा बढ्दा बैंकिङ सेक्टर लगानीकर्ताहरूको प्राथमिकतामा पर्न छोडेको देखिन्छ । सोही कारण आज वित्त सेक्टर सबैभन्दा बढी २.५४ प्रतिशतले घटेको छ । 

    यद्यपि, आज अन्य समूह सबैभन्दा बढी २.१३ प्रतिशत, व्यापार समूह १.०६ प्रतिशत र उत्पादन तथा प्रशोधन समूह १.६८ प्रतिशतले बढेको देखिन्छ । साथै, होटल्स तथा पर्यटन, लगानी, जीवन बिमा, म्युचुअल फण्ड र निर्जीबन बिमा समूहको सूचक पनि सामान्य बढ्यो ।

    यता, बैंकिङ सेक्टरसँगै हाइड्रोपावर र लघुवित्तको सूचक पनि सामान्य घट्यो । यो दिन ११८ कम्पनीको सेयर मूल्य बढ्दा ११७ ओटाको घटेको छ । ८ ओटा कम्पनीको सेयर मूल्य भने स्थिर रह्यो ।

    त्यस्तै, ३११ धितोपत्रको १ करोड ३६ लाख ७७ हजार ९८३ कित्ता सेयर खरिद बिक्री भएको छ । सोमबार बजारमा ६ अर्ब ५७ करोड ४ लाख ७७ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । जुन अघिल्लो दिनको तुलनामा सामान्य बढी हो । आइतबार ६ अर्ब २५ करोड ७२ लाख ३५ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो । 

    सोमबार मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर मूल्य सबैभन्दा बढी ९.०५ प्रतिशतले बढेको छ । त्यस्तै, रिभर फल्स पावर र दोल्ती पावरको सेयर मूल्य ७ प्रतिशतभन्दा बढीले बृद्धि भएको छ । 

    यता, ३ ओटा कम्पनीको सेयर मूल्यमा नेगेटिभ सर्किट लागेको छ । वीन नेपाल लघुवित्त, सुपरमादी हाइड्रोपावर र भुगोल इनर्जी डेभलपमेन्ट कम्पनीको सेयर मूल्यमा नेगेटिभ सर्किट लागेको हो । 

    सोमबारको कारोबार रकममा रिभर फल्स पावर लिमिटेडको हिस्सा बढी रह्यो । यो कम्पनीको २४ करोड १ लाख ८८ हजार रुपैयाँ बढीको सेयर कारोबार भएको हो । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार