images
images

कक्षा १२ को नतिजा सार्वजनिक : ५२.९१ प्रतिशत विद्यार्थी उत्तीर्ण, ४७.०९ प्रतिशत नन ग्रेडेड

कक्षा १२ को नतिजा सार्वजनिक : ५२.९१ प्रतिशत विद्यार्थी उत्तीर्ण, ४७.०९ प्रतिशत नन ग्रेडेड

शुक्रवार, साउन १८ २०८१
शुक्रवार, साउन १८ २०८१
  • कक्षा १२ को नतिजा सार्वजनिक : ५२.९१ प्रतिशत विद्यार्थी उत्तीर्ण, ४७.०९ प्रतिशत नन ग्रेडेड

    काठमाडौँ / कक्षा १२ को नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डले शुक्रबार गत वैशाख १४ गतेबाट सञ्चालित परीक्षाको नतिजा सार्वजनिक गरेको हो । उक्त नतिजा अनुसार नियमिततर्फ ५२.९१ प्रतिशत विद्यार्थी उत्तीर्ण (ग्रेडेड) भएका छन् भने ४७.०९ प्रतिशत विद्यार्थी नन ग्रेडेड (एनजी/अनुत्तीर्ण) भएका छन् । 

    images
    images
    images
    images

    नियमिततर्फ परीक्षा ३ लाख ९० हजार ८६८ विद्यार्थी मध्ये २ लाख ३ हजार ८४७ विद्यार्थी उत्तीर्ण भएका छन् । ग्रेड वृद्धितर्फ २०७८/७९ का २८.२६ प्रतिशत पास भएका छन्  भने २०७६/०७७ का ६२.०५ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । 

    परीक्षामा कुल चार लाख ९१ हजार ४९७ विद्यार्थी सहभागी थिए भने यो वर्ष पहिलो पटक स्वचालित छनोट प्रणालीको प्रयोग गरेर परीक्षा केन्द्र निर्धारण गरेको थियो । 

    तत्कालीन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र बोर्डको प्राविधिक टोलीले ‘पाइलट प्रोजेक्ट’ को रूपमा सफ्टवेयर बनाई पहिलो पटक काठमाडौँ जिल्लाका परीक्षा केन्द्र स्वचालित विधिबाट छानिएको थियो । 

    २०७९ सालमा ५१.९१ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका थिए भने २०७८ सालमा ४६.४ प्रतिशत विद्यार्थी पास भएका थिए । बोर्डले लेटर ग्रेडिङ निर्देशिका २०७८ अनुसार परीक्षा सञ्चालन गर्दै आएको छ । 

    जसमा प्रत्येक विषयमा सैद्धान्तिकतर्फ कम्तीमा ३५ प्रतिशत अंक ल्याउनैपर्ने हुन्छ । ३५ प्रतिशत अंक भन्दा कम आउने विद्यार्थीको नतिजा एनजी आउँछ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार