काठमाडौँ / सोमबार नेपाली बजारमा नयाँ कीर्तिमान बनाएको सुनको मूल्यमा आज उच्च गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको भाउ प्रतितोला २ हजार ३ सय रुपैयाँले घटेको हो ।
सोमबार प्रतितोला १ लाख ५० हजार रुपैयाँ कायम भएको सुनको भाउ आज घटेर १ लाख ४७ हजार ७ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
त्यस्तै, तेजाबी सुन प्रतितोला १ लाख ४७ हजार कायम भएको छ । सोमबार तेजाबी सुन प्रतितोला १ लाख ४९ हजार पाँच सयमा कारोबार भएको थियो ।
चाँदीको मूल्य पनि तोलामा ६० रुपैयाँले घटेको छ । सोमबार चाँदी प्रतितोला १ हजार ७ सय ८५ मा कारोबार भएकोमा आजका लागि १ हजार सात सय २५ रुपैयाँ निर्धारण भएको छ ।