images
images

एक बर्षमा आइजिआई प्रुडेन्सियलको नाफामा १५६ प्रतिशतको बढोत्तरी, प्रतिसेयर आम्दानी कति पुग्यो ?

एक बर्षमा आइजिआई प्रुडेन्सियलको नाफामा १५६ प्रतिशतको बढोत्तरी, प्रतिसेयर आम्दानी कति पुग्यो ?

सोमवार, साउन २८ २०८१
सोमवार, साउन २८ २०८१
  • एक बर्षमा आइजिआई प्रुडेन्सियलको नाफामा १५६ प्रतिशतको बढोत्तरी, प्रतिसेयर आम्दानी कति पुग्यो ?
    images
    images

    काठमाडौँ / आर्थिक बर्ष २०८०/८१ मा आइजिआई प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीले ६१ करोड २१ लाख खुद नाफा आर्जन गरेको छ । 

    साविक आइएमई जनरल र साविक प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी एक आपसमा गाभिएर बनेको आइजिआई प्रुडेन्सियल इन्स्योरेन्सले गत आर्थिक बर्षको चौथो त्रैमाससम्ममा ६१ करोड २१ लाख खुद नाफा आर्जन गरेको हो । यो अघिल्लो आर्थिक वर्ष २०७९/८० को तुलनामा १५६ प्रतिशतले बृद्धि भएको हो । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले २३ करोड ८४ लाख नाफा गरेको थियो । 

    कम्पनीले प्रकाशन गरेको वित्तीय विवरण अनुसार कम्पनीको नाफा बाहेक अधिकांश सूचकमा बृद्धि देखिएको छ । समिक्षा अवधिमा कम्पनीले ३ अर्ब ६० करोड ८५ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । घिल्लो वर्षको तुलनामा कम्पनीको कुल बीमा शुल्कमा ७२ प्रतिशतले बृद्धि भएको हो । अघिल्लो वर्षको यसै अवधिमा कम्पनीले २ अर्ब ९ करोड ५६ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको थियो । 

    यता, ३ अर्ब २ करोड रुपैयाँ चुक्ता पूँजी भएको कम्पनीको स्पेसल रिर्जभमा १ अर्ब ७२ करोड ५७ लाख रुपैयाँ रहेको छ । गत आर्थिक वर्षको अन्त्यसम्ममा महाविपत्ती कोषमा ८ करोड १२ लाख रुपैयाँ रहेको छ । रिटेन्ड अर्निङ्गमा ३४ करोड ६२ लाख रुपैयाँ र अन्य इक्विटीमा ५० करोड ३३ लाख रुपैयाँ रहेको छ ।

    गत आर्थिक वर्षको अन्त्यसम्ममा कम्पनीले पुनर्बीमा मार्फत २ अर्ब १९ करोड रुपैयाँ खर्चिएको छ । अघिल्लो आर्थिक वर्षको यसै अवधिमा कम्पनीले १ अर्ब ३५ करोड रुपैयाँ खर्चिएको थियो । अघिल्लो वर्षको तुलनामा कम्पनीले पुनर्बीमा मार्फत बढी रकम खर्चिएको हो ।

    एक बर्षको अवधिमा कम्पनीको बीमा कोष ४ अर्ब ४९ करोड रुपैयाँ रहेको छ । अघिल्लो वर्षको यसै अवधिमा ४ करोड ७३ लाख थियो । अघिल्लो बर्षको तुलनामा कम्पनीको  बीमा कोषको आकार सामान्य घटेको हो ।

    समिक्षा अवधिमा कम्पनीले १ अर्ब ४१ करोड रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । अघिल्लो वर्षको यसै अवधिमा कम्पनीले ७४ करोड ४२ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो । अघिल्लो वर्षको तुलनामा कम्पनीको खुद बीमा शुल्कमा ९० प्रतिशतले बृद्धि भएको हो ।

    कम्पनीको सोल्भेन्सी रेसियो २ दशलमव ७७ प्रतिशत रहेको छ । कम्पनीको प्रतिशेयर आम्दानी २० रुपैयाँ २१ पैसा रहेको छ । प्रति शेयर नेटवर्थ १८७ रुपैयाँ ७० पैसा रहेको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार