images
images

मेट लाइफको बार्षिक वित्तीय विवरण : खुद बीमाशुल्क आर्जन ८ प्रतिशतले बढ्दा नाफा घट्यो, अन्य सूचक कस्तो ?

मेट लाइफको बार्षिक वित्तीय विवरण : खुद बीमाशुल्क आर्जन ८ प्रतिशतले बढ्दा नाफा घट्यो, अन्य सूचक कस्तो ?

बिहिवार, साउन ३१ २०८१
बिहिवार, साउन ३१ २०८१
  • मेट लाइफको बार्षिक वित्तीय विवरण : खुद बीमाशुल्क आर्जन ८ प्रतिशतले बढ्दा नाफा घट्यो, अन्य सूचक कस्तो ?
    images
    images

    काठमाडौँ / आर्थिक बर्ष २०८०/८१ चौथो त्रैमाससम्ममा मेट लाइफ नेपाल इन्स्योरेन्सले ५० करोड ४१ लाख खुद नाफा आर्जन गरेको छ । 

    कम्पनीले सार्वजनिक गरेको आर्थिक बर्ष २०८०/८१ को चौथो त्रैमाससम्मको वित्तीय विवरण अनुसार एक बर्षको अवधीमा कम्पनीले ५० करोड ४१ लाख खुद नाफा आर्जन गरेको हो । यो नाफा अघिल्लो आर्थिक बर्ष २०७९/८० को तुलनामा गिरावट आएको हो । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ७६ करोड ५४ लाख नाफा गरेको थियो । 

    कम्पनीले प्रकाशन गरेको वित्तीय विवरण अनुसार कम्पनीको नाफा बाहेक अधिकांश सूचकमा वृद्धि देखिएको छ । 

    समिक्षा अवधिमा कम्पनीले ५ अर्ब ६७ करोड ८९ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । अघिल्लो वर्षको तुलनामा कम्पनीको कुल बीमा शुल्कमा वृद्धि भएको हो । अघिल्लो वर्षको यसै अवधिमा कम्पनीले ५ अर्ब २६ करोड २२ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको थियो । 

    गत आर्थिक वर्षको अन्त्यसम्ममा महाविपत्ती कोषमा ४९ करोड ४८ लाख रुपैयाँ रहेको छ । रिटेन्ड अर्निङ्गमा २ अर्ब ३३ करोड ५३ लाख रुपैयाँ रहेको छ भने अन्य इक्विटीमा १ अर्ब १ करोड ९४ लाख रुपैयाँ रहेको छ ।

    गत आर्थिक वर्षको अन्त्यसम्ममा कम्पनीले पुनर्बीमा मार्फत २२ करोड २५ लाख रुपैयाँ खर्चिएको छ । अघिल्लो आर्थिक वर्षको यसै अवधिमा कम्पनीले २१ करोड ४१ लाख रुपैयाँ खर्चिएको थियो । अघिल्लो वर्षको तुलनामा कम्पनीले पुनर्बीमा मार्फत बढी रकम खर्चिएको हो ।

    समिक्षा अवधिमा कम्पनीको जीवन बीमा कोष २६ अर्ब ९२ करोड रुपैयाँ रहेको छ । अघिल्लो वर्षको यसै अवधिमा २३ अर्ब ८७ करोड थियो । अघिल्लो बर्षको तुलनामा कम्पनीको बीमा कोषको आकार बढेको हो ।

    समिक्षा अवधिमा कम्पनीले ५ अर्ब ४५ करोड ६३ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । अघिल्लो वर्षको यसै अवधिमा कम्पनीले ५ अर्ब ४ करोड ८१ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो । अघिल्लो वर्षको तुलनामा कम्पनीको खुद बीमा शुल्कमा ८ प्रतिशतले वृद्धि भएको हो ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार