images
images

प्रतिबन्ध हटाए पनि अझै खुल्दैन टिकटक, यस्तो छ कारण

प्रतिबन्ध हटाए पनि अझै खुल्दैन टिकटक, यस्तो छ कारण

बिहिवार, भदौ ६ २०८१
बिहिवार, भदौ ६ २०८१
  • प्रतिबन्ध हटाए पनि अझै खुल्दैन टिकटक, यस्तो छ कारण
    images
    images

    काठमाडौँ / सरकारले प्रतिबन्ध हटाउने निर्णय गरेको भए पनि टिकटक खुल्न समय लाग्ने भएको छ । मन्त्रिपरिषदको बिहीबार बसेको बैठकले केही सर्तहरु राखेर टिकटकमाथि लगाएको प्रतिबन्ध हटाउने निर्णय गरेसँगै खुल्न समय लाग्ने भएको हो । 

    सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङका अनुसार टिकटकले सूचना प्रविधि तथा सञ्चार मन्त्रालयसँग सम्झौता गर्नुपर्नेछ । 

    नीतिगत रूपमा टिकटक खुलेको भए पनि कार्यान्वयनमा आउन हाम्रो सर्त पूरा गर्नुपर्ने उनले बताए । उनका अनुसार सामाजिक सञ्जाल सञ्चालन निर्देशिका २०८०’ को दफा ३ अनुसार मन्त्रालयमा सूचीकरण हुनुपर्छ । त्यसपछि दफा ६ अनुसार प्वाइन्ट अफ कन्ट्रयाक्ट तोक्नुपर्छ ।

    छलफलमा टिकटकका प्रतिनिधिहरु नेपालमा सूचीकरण हुन र प्वाइन्ट अफ कन्ट्रयाक तोक्न सहमत छ । साथै, थप चार सर्त सरकारले राखेको छ । 

    पर्यटन प्रवर्द्धनमा सहयोग गर्नुपर्ने, डिजिटल सुरक्षा र साक्षरताका लागि सघाउनुपर्ने र सार्वजनिक शिक्षालाई गुणस्तरीय तथा सूचना प्रविधिमा आधारित बनाउन सहयोग गर्नुपर्ने सरकारको सर्त छ ।

    यस्तै टिकटकमा नेपाली वा नेपालका मातृ भाषाहरु फिल्टरिङ तथा मोडरेसनको सुनिश्चितता गर्नुपर्ने उनले जानकारी एि । 

    टिकटकका साथै कुनै पनि सामाजिक सञ्जालबाट गालीगलौजका साथै सामाजिक दुर्भावना फैलाउने, सामाजिक अपराध फैलाउने भाषा प्रयोग हुन नहुने सरकारले जनाएको छ ।

    यसअघि पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले टिकटकबाट सामाजिक सद्‍भाव बिगारेको भन्दै २०८० कात्तिक २७ गते टिकटकमा लगाएको प्रतिबन्ध बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले हटाउने निर्णय गरेको थियो । 

     

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार