images
images

होन्डा कारको ‘होन्डा कार दशैँ’ उपहार, अफरमाथि अफर योजना, कर किन्दा ५ लाखसम्म नगद छुट

होन्डा कारको ‘होन्डा कार दशैँ’ उपहार, अफरमाथि अफर योजना, कर किन्दा ५ लाखसम्म नगद छुट

आइतवार, भदौ ९ २०८१
आइतवार, भदौ ९ २०८१
  • होन्डा कारको ‘होन्डा कार दशैँ’ उपहार, अफरमाथि अफर योजना, कर किन्दा ५ लाखसम्म नगद छुट
    images
    images

    काठमाडौँ / होन्डा कारको आधिकारिक विक्रेता स्याकार ट्रेडिङ्ग कम्पनीले ‘होन्डा कार दशैँ उपहार, अफर माथि अफर’ योजना सार्वजनिक गरेको छ ।

    दशैँलाई लक्षित गरी कम्पनीले आकर्षक ग्राहकमुखी उपहार योजना ल्याएको हो ।

    सो योजना अन्तर्गत ग्राहकहरूले होण्डाको कुनै पनि कारको  खरिदमा ५ लाख रूपैयाँसम्मको नगद छुट दुई वर्षका लागि इन्स्योरेन्स र कर फ्रि पाउनेछन् । त्यस्तै, पाँच बर्षसम्म गाडिको सर्भिसिङको सुविधा पनि निःशुल्क हुने कम्पनीले जनाएको छ । 

    ग्राहकहरूलाई सरल वित्तीये सुबिधा दिनको निम्ति होन्डा कार खरिद गर्दा आकर्षक ब्याज दरका साथ २० प्रतिशतसम्मको ‘डाउन पेमेन्ट’समेत उपलब्ध गराइएको कम्पनीले जानकारी दिएको छ ।

    कम्पनीले ग्राहकहरूलाई अझ आर्कषक योजना प्रदान गर्ने उद्देश्यले ‘फ्र एशोसेरिज’ र ‘स्पोट एक्सचेन्ज’को पनि सबिधा उपलब्ध गराउनेछ ।  

    यसका साथै होन्डाले आफ्नो ग्राहकहरूलाई ‘रोड साइड असिस्टेन’ को सुविधाका साथै दुई बर्ष अथवा एक लाख किलोमिटर चलाएसम्म वारेन्टी सुविधा दिने भएको छ । 

    कम्पनीका अनुसार सो योजना सीमित अवधिको लागि मात्र लागू हुनेछ । नेपालमा सर्वाधिक रूचाइएको र विश्वास गरिएको होण्डा कारको  हकमा आएको यो आकर्षक उपहार योजनाले ग्राहकहरूमा थप उत्साह जगाउने विश्वास कम्पनीले लिएको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार