images
images

बढ्यो दुईपाँग्रे सवारी साधनको आयात, पहिलो महिनामा भित्रियो २१ हजार ३४३ युनिट

बढ्यो दुईपाँग्रे सवारी साधनको आयात, पहिलो महिनामा भित्रियो २१ हजार ३४३ युनिट

सोमवार, भदौ १० २०८१
सोमवार, भदौ १० २०८१
  • बढ्यो दुईपाँग्रे सवारी साधनको आयात, पहिलो महिनामा भित्रियो २१ हजार ३४३ युनिट
    images
    images

    काठमाडौँ / चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो महिना र्थात साउनमा २१ हजार ३४३ युनिट दुईपाँग्रे आयात भएको छ । 

    भन्सार विभागले सार्वजनिक गरेको तथ्याङ्क अनुसार यो गत आर्थिक बर्ष २०८०/८१ को सोही अवधीको तुलनामा ७० प्रतिशत अर्थात ९ हजार ३४३ युनिट धेरै हो ।  वृद्धि भएको हो । गत वर्ष साउनमा १२ हजार युनिट दुईपाँग्रे आयात भएको थियो ।

    कोरोनापछि सुस्त बनेको दुईपाँग्रे अटो बजार पछिल्ला महिनाहरूमा क्रमशः लयमा फर्किन थालेको विभागको तथ्याङ्कले पुष्टि गरेको छ । 

    अघिल्ला वर्षहरूमा सुस्ताएको दुईपाँग्रे बजार यो अघिल्लो वर्षदेखि विस्तारै गति लिएको देखिन्छ । 

    खासगरी दसैँ तिहार बजारका लागि लक्षित गर्दै सवारी तथा अन्य मालवस्तु आयात हुने साउन, भदौ र असोज महिनालाई विशेष मान्ने गरिन्छ । 

    यहीँ सुरुवाती महिनामा २१ हजार ३४३ युनिट दुईपाँग्रे आयात भएको भन्सार विभागको तथ्याङ्कले देखाउँछ । 

    नजिकिँदै गरेको नाडा अटो शोका कारण समेत मोटरसाइकलकको आयात वृद्धि भएको अनुमान गर्न सकिन्छ । 

    नाडा अटोमोबाइल एशोसिएशन अफ नेपालले यहीँ भदौ ११ गतेदेखि १६ गतेसम्म १६ औं संस्करणको नाडा अटो शोको आयोजना गर्दैछ । 

    अटो शोलाई लक्षित गरेर विभिन्न नयाँ ब्रान्डका साथै नयाँ नयाँ मोडलका मोटरसाइकल भित्रने क्रम बढ्दो छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार