काठमाडौँ / नेपालका लागि सुजुकी कारको आधिकारिक विक्रेता तथा सीजी होल्डिंग्ज्को अटोमोटिभ डिभिजन सीजी मोटोकर्पले ‘सुजुकी पर्वोत्सव अफर’ सार्वजनिक गरेको छ । दशैँ तिहारलाई लक्षित गरी कम्पनीले आकर्षक योजना सार्वजनिक गरेको हो ।
सो योजनाअन्तर्गत ग्राहकले चार लाख रुपैयाँसम्मको नगद छुट, १ वर्षको सवारी बीमा, २० स हजारसम्मको लोयल्टी बोनस, एक लाख रुपैयाँसम्मको एक्सचेन्ज बोनस र सिट कभरसहितको एक्सेसरिजहरू पाउन सक्नुहुनेछ ।
कम्पनीले नाडा अटो शो लक्षित गरी, शो कार्यक्रमभरी खरिद गर्ने ग्राहकलाई स्क्र्याच कार्डमार्फत थप २ लाख रुपैयाँसम्मको छुट प्रदान गर्नेछ । यसमा केही शर्तहरू लाग्ने कम्पनीले जनाएको छ ।
नाडा अटो शोमा सुजुकीले सार्वजनिक गरेको चौथौँ संस्करणको नयाँ एपिक स्विफ्ट, इलेक्ट्रिक कारमा जस्तै ५ वर्षको लागि शून्य रनिङ्ग खर्च हुने गरी अफर पनि ल्याएको छ ।
सो अद्वितीय योजनामा नयाँ स्विफ्ट ग्राहकहरूले रनिङ्ग खर्चको बोझ बिना ढुक्कको ड्राइभिङ अनुभव लिन सक्ने कम्पनीले जनाएको छ ।
अफरमा केके सुविधा पाइन्छ ?
१ . शून्य रनिङ्ग खर्च : स्विफ्ट खरिद गर्ने नयाँ ग्राहकले ५ वर्ष सम्म पेट्रोलमा खर्च गर्नु पर्ने छैन, भने ५ वर्षको लागि मर्मतसम्भार र पी.एम.यस पार्ट्स र इन्जिन आयल मा पनि केहि खर्च गर्नु पर्ने छैन । कम्पनी को मापदण्ड अनुशारको ११ वटै नियमित सर्भिसमा पनि केहि शुल्क नलाग्ने
२ . फ्री अटो विमा र एक्सेसरिज : यो योजनामा थप १ वर्षको विमा र सिट कभरसहितको सुजुकी जेनुइन एक्सेसरिजहरू पनि निः शुल्क पाउने
३ . थप अतिरिक्त वारेन्टी र एक्सचेन्ज बोनस : विक्री पछिको रिसेल भ्यालुप्रति मनोबल अझै बढाउन ५ वर्ष पछि २ लाख एक्सचेन्ज बोनस ग्यारेन्टी र ५ वर्षको ढुक्क वारेन्टी
४ . उच्च रिसेल भ्यालु : स्विफ्टको बिगतदेखि उच्च रिसेल भ्यालु भएको गाडी हो, थप एक्सचेन्ज बोनसले ग्राहकलाई भविष्यमा बिक्रि गर्दा फाइदा हुने
“विद्युतीय र पेट्रोल इन्जिन सवारी साधनहरू बीचको बढ्दो बहसमा, हामी यो ऐतिहासिक योजना प्रस्ताव गर्न पाउँदा उत्साहित छौँ,” कम्पनीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “हाम्रा ग्राहकहरूले फाइदाजनक र झन्झट–रहित तवरले शून्य रनिङ्ग खर्च प्रतिष्ठित स्विफ्टको अनुभव गर्न सक्नेछ ।”
यसमा केहि शर्तहरू लाग्ने कम्पनीले जानकारी दिएको छ ।
यो योजना नेपालभर रहेका सुजुकी गाडीका ३५ वटै सोरूमहरूमा पनि लागू हुनेछ । कम्पनीका अनुसार सुजुकीका विभिन्न मोडेलहरूका कारहरू बमोजिम फरक फरक हिसाबका छुटहरू लागू हुनेछन् ।
नाडा अटो शोमा सुजुकीले चौथौं संस्करणको नयाँ एपिक स्विफ्ट पनि सार्वजनिक गरेको हो ।
नयाँ एपिक स्विफ्टसँगै नाडा अटो शोमा सुजुकीका नया एसयुभीहरू जिम्नी, फ्रोन्क्स, ग्रान्ड भितारा र नया ब्रेजा डिस्प्लेमा हुने कम्पनीले जनाएको छ । यो योजना सीमित अवधिका लागि मात्र जारी गरिएको छ ।