images
images

सिएचजीको व्यक्तिगत बैठकका लागि नरेन्द्र मोदीलाई पाकिस्तानको निमन्त्रणा

सिएचजीको व्यक्तिगत बैठकका लागि नरेन्द्र मोदीलाई पाकिस्तानको निमन्त्रणा

शनिवार, भदौ १५ २०८१
शनिवार, भदौ १५ २०८१
  • सिएचजीको व्यक्तिगत बैठकका लागि नरेन्द्र मोदीलाई पाकिस्तानको निमन्त्रणा

    नयाँ दिल्ली / यस वर्ष अक्टोबरमा आयोजना हुने साङ्घाई सहयोग सङ्गठन (एससीओ) काउन्सिल अफ हेड्स अफ गभर्नमेन्ट (सिएचजी)को व्यक्तिगत बैठकका लागि भारतले पाकिस्तानबाट निमन्त्रणा प्राप्त गरेको छ । 

    विदेश मन्त्रालयका आधिकारिक प्रवक्ता रणधीर जयसवालले शुक्रबारको साप्ताहिक मिडिया ब्रिफिङमा इस्लामावादको निमन्त्रणा पुष्टि गर्दै विदेश मन्त्रालयसँग साझेदारी गर्न कुनै अपडेट नभएको बताए ।

    “हो, हामीलाई सिएचजीको बैठक (एससीओ बैठक) का लागि पाकिस्तानबाट निमन्त्रणा प्राप्त भएको छ, हामीसँग यसबारेमा कुनै अपडेट छैन, अवस्था के हो पछि थाहा पाउनेछौँ”, उनले भनेका छन् । 

    जियो न्युजको रिपोर्टअनुसार सिएचजीको ‘रोटेटिङ’ अध्यक्षता गरेको पाकिस्तानले यस वर्षको अक्टोबरमा इस्लामाबादमा एससिओ बैठकको आयोजना गर्दैछ। 

    पाकिस्तान समाचार आउटलेटले साप्ताहिक समाचार ब्रिफिङका क्रममा पाकिस्तान विदेश कार्यालयका प्रवक्ता मुमताज जहरा बलुचलाई उद्धृत गर्दै पाकिस्तानले इस्लामाबादमा हुने आगामी सिएचजी बैठकका लागि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलगायत एससिओ सदस्य देशका सबै शासनाध्यक्षलाई निमन्त्रणा दिएको बताएको छ । 

    साङ्घाई सहयोग सङ्गठन सन् २००१ जुन १५ मा कजाकिस्तान, चीन, किर्गिस्तान, रुस, ताजिकिस्तान र उज्बेकिस्तानले स्थापना गरेको स्थायी अन्तरसरकारी अन्तर्राष्ट्रिय सङ्गठन हो । 

    हाल एससिओमा भारत, इरान, कजाकिस्तान, चीन, किर्गिस्तान, पाकिस्तान, रुस, उज्बेकिस्तान र ताजिकिस्तानसहित नौ मुलुक सदस्य छन् । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार