images
images

टाटा पन्च इभीको बुकिङ्ग ४६८ युनिट, नाडाको अन्तिम दिनसम्म ५०० भन्दा धेरै पुग्ने अपेक्षा

टाटा पन्च इभीको बुकिङ्ग ४६८ युनिट, नाडाको अन्तिम दिनसम्म ५०० भन्दा धेरै पुग्ने अपेक्षा

आइतवार, भदौ १६ २०८१
आइतवार, भदौ १६ २०८१
  • टाटा पन्च इभीको बुकिङ्ग ४६८ युनिट, नाडाको अन्तिम दिनसम्म ५०० भन्दा धेरै पुग्ने अपेक्षा
    images
    images

    टाटा मोटर्सको नेपालका लागि एकमात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङ्गले यस वर्षको नाडामा सार्वजनिक गरेको टाटा पन्च इभीको बुकिङ्ग उत्साहजनक रहेको छ । 

    नाडाको पाँचौ दिनसम्म ४६८ युनिट बुकिङ्ग भईसकेको छ भने नाडाको अन्तिम दिनसम्म ५०० युनिट पुग्ने अपेक्षा गरिएको छ । 

    यस वर्षको नाडामा उपभोक्ताहरुको बाक्लो उपस्थिति रहेको र पन्चले पनि नेपाली उपभोक्ताको साथ र समर्थन पाएको कुरा सिप्रदीका प्यासेन्जर भेहिकल बिजनेस युनिटका प्रमुख सावन्त जंग सिजापतिले बताए ।

    टाटा पन्चको शुरुवाति मूल्य ३३ लाख ९९ हजारमा सार्वजनिक गरिएको हो । 

    यस शुरुवाति भेरिएन्टमा पनि ग्राहकहरुले सनरुफको आनन्द लिन सक्नुहुन्छ । हाल सार्वजनिक मूल्य नाडा सम्मका लागि मात्र रहेको र पछि मूल्य बढ्ने कम्पनीले जनाएको छ ।

     साथै नाडामा गाडी किन्ने ग्राहकहरुलाई सिप्रदीको चार्जिङ्ग स्टेशनमा निःशुल्क चार्जिङ्गको घोषणा पनि गरेको छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार