काठमाडौँ / १६ औँ संस्करणको नाडा अटो शो आज सम्पन्न हुँदैछ । भदौ ११ गतेदेखि राजधानीको भृकुटीमण्डपमा सुरु भएको अटो शो आज सम्पन्न हुनेभएको हो । उक्त अटो शोको उद्घाटन अर्थमन्त्री विष्णु पौडेलले गरेका थिए ।
नाडा अटोमोबाइल एसोसिएसन अफ नेपालको आयोजनामा प्रत्येक वर्ष अटो शो आयोजना हुँदै आएको छ ।
टाटा ईभी मुख्य प्रायोजक र शिखर इन्स्योरेन्स र सर्बो लुब्रिकेन्ट सहप्रायोजक रहेको नाडा अटो शोमा २०२४ मा साना ठुला गरी १३० वटा स्टल रहेका छन् भने ९५ वटा अटोमोबाइल ब्रान्ड तथा अटो कम्पोनेन्ट कम्पनीहरूको सहभागिता रहेको छ ।
हेर्नुहोस् केही तस्बिरहरू,