images
images

आएसएमटी कलेजद्वारा आयोजित ‘आइएसएमटी जब फेयर’ सम्पन्न, डिस होम, चौधरी ग्रुपलगायत १९ कम्पनीको स्टल

आएसएमटी कलेजद्वारा आयोजित ‘आइएसएमटी जब फेयर’ सम्पन्न, डिस होम, चौधरी ग्रुपलगायत १९ कम्पनीको स्टल

सोमवार, भदौ ३१ २०८१
सोमवार, भदौ ३१ २०८१
  • आएसएमटी कलेजद्वारा आयोजित ‘आइएसएमटी जब फेयर’ सम्पन्न, डिस होम, चौधरी ग्रुपलगायत १९ कम्पनीको स्टल

    कठमाडौँ / आएसएमटी कलेजद्वारा आयोजित ‘आइएसएमटी जब फेयर’ सम्पन्न भएको छ । शुक्रबार तिनकुने गैरीगाउँस्थित कलेजको प्राङ्गणमा आयोजित जब फेयर नेपालका प्रमुख कम्पनी र आइएसएमटी कलेजका विद्यार्थीहरूको सहभागितामा सम्पन्न भएको हो । 

    images
    images

    जब फेयरमा लिपफ्रोग टेक्नोलोजी नेपाल, होटल याक एण्ड यति, काठमाडौँ मेरियट होटल, निओ हस्पिटालिटी, सजिलो सेवा, Four Symmentrons, Fusemachines, Genese Solution, Uranus Company, नेपाल होलिडे ग्रुप, अलाइन्स रेस्टुरेन्ट , NCLOUD PVT. LTD. Bajra. Technologies PVT LTD, डिस मिडिया नेटवर्क (डिस होम), आकाश टेक, चौधरी ग्रुप, कम्युनिकेट टेक्नोलोजी, वर्ल्ड लिंक कम्युनिकेसनलगायत लगायत १९ वटा प्रमुख कम्पनीहरूले आफ्नो स्टल राखेका थिए । 

    त्यस्तै, अध्ययन सकाएका र अध्ययन गरिरहेका गरी २ सय विद्यार्थीहरू उक्त जब फेयरमा अन्तर्वार्तामा सहभागी भएका थिए । 

    आइएसएमटी कलेजले  विद्यार्थीहरूलाई डिग्री मात्र उपलब्ध गराउने नभई दक्ष, सबल र सक्षम बनाउने उद्देश्यका साथ जब फेयरको आयोजना गर्दै आएको छ । 

    आइएसएमटी कलेजले वर्षमा कम्तिमा २ वटा यस किसिमको जब फेयर आयोजन गर्दै आएको बिजनेस डेभलपमेन्ट हेड बासुदेव वस्तीले बताए । 

    “यस किसिमको कार्यक्रमले विद्यार्थीहरूलाई आफ्नो क्यारियर स्टार्ट गर्न कम्पनी कम्पनी धाउन नपरोस र एउटै स्थानमा विभिन्न कम्पनीको जानकारी पाउनुका साथै आफुले रोजेको कम्पनीमा जागिर पाउन सकुन् भन्ने अभिप्रायले यस किसिमको कार्यक्रम आयोजना गरिएको हो,” वस्तीले भने । 

    बेलायतको युनिभर्सिटी अफ सुन्दरल्याण्डबाट सम्बन्धन प्राप्त यस आइएमसएमटी कलेजले बिबिए, बिएचएम, बिएससी (होन्स), साइबर सेक्युरिटी एण्ड डिजिटल फरेन्सिक र एमबिए कार्यक्रम सञ्चालन गरिरहेको छ । 

    साथै आइएसएमटी ग्रुपअन्तर्गत युनिभसिर्ट अफ सुन्दरल्याण्ड युकेकै सम्बन्धनमा नेपालका प्रमुख शहरहरू चितवन, पोखरा, विराटनगर र बुटवलमा पनि आफ्ना कलेजहरू सञ्चालनमा छन् । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार