images
images

स्कुटर चोरीमा संलग्न एक जना ट्राफिक प्रहरीको नियन्त्रणमा

स्कुटर चोरीमा संलग्न एक जना ट्राफिक प्रहरीको नियन्त्रणमा

सोमवार, भदौ ३१ २०८१
सोमवार, भदौ ३१ २०८१
  • स्कुटर चोरीमा संलग्न एक जना ट्राफिक प्रहरीको नियन्त्रणमा

    काठमाडौँ / काठमाडौँ उपत्यकाको काठमाडौँ महानगरपालिका २५ बाङ्गेमुढाबाट सोमबार स्कुटर चोरीमा संलग्न एकजनालाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ ।

    images
    images

    शंकास्पद अवस्थामा बागमती प्रदेश –०२–०२५ प ८५३६ नम्बरको डियो स्कुटर चलाइरहेका काठमाडौँ महानगरपालिका १८ रक्तकालीका २० वर्षीय रोहित शाहीलाई सोमबार दिउँसो ३ बजे ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको हो । 

    वास्तविक नम्बर प्रदेश–०३–०२–०१५ प ०५३६ रहेको स्कुटर काठमाडौँको ठमेलबाट हराएको भनि सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका ३ बस्ने सत्कार न्यौपानेले काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा खोजतलासको लागि निवेदन दिएका थिए । 

    स्कुटर चोरीमा संलग्न शाहीलाई थप अनुसन्धान तथा कारबाहीका लागि प्रहरी वृत्त लैनचौर सोह्रखुट्टे  पठाइएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक विश्‍वराज खड्काले जानकारी दिए । 

    आफ्नो सवारी साधन सुरक्षित स्थानमा पार्किङ गर्ने, ह्विल लक, चेन लक, ह्यान्डिल लक, डिस्क लक, लगायत  सुरक्षा साइरनहरू जडान गर्नुका साथै मानिसहरूको आवत जावत नहुने एकान्त स्थानमा पार्किङ नगर्न प्रवक्ता खड्काले सम्पूर्णमा अनुरोध गर्नु भएको छ । 

    हराएका सवारी साधन खोजतलास र चोरी नियन्त्रण कार्य निरन्तर हुँदै आएतापनि सवारी धनी स्वयम सजग भई सुरक्षित स्थानमा पार्किङ गर्न हुन समेत अनुरोध गरिएको छ । 

    सवारी साधन हराएमा ट्राफिक प्रहरीको हटलाईन नम्बर १०३, नेपाल प्रहरीको हटलाइन नम्बर १०० मा तत्कालै आफ्नो सवारी साधनको विवरण सहित फोन गर्न र नजिकैको प्रहरी कार्यालयमा निवेदन दिन सकिनेछ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार