images
images

आज राति १२ बजेदेखि लागू हुने गरी निगमले घटायो पेट्रोल, डिजेल र मट्टीतेलको भाउ

आज राति १२ बजेदेखि लागू हुने गरी निगमले घटायो पेट्रोल, डिजेल र मट्टीतेलको भाउ

आइतवार, भदौ ३० २०८१
आइतवार, भदौ ३० २०८१
  • आज राति १२ बजेदेखि लागू हुने गरी निगमले घटायो पेट्रोल, डिजेल र मट्टीतेलको भाउ

    काठमाडौँ / नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टीतेलको भाउ घटाएको छ । डिजेल र मट्टीतेलमा प्रतिलिटर ५ रुपैयाँ र पेट्रोलमा प्रतिलिटर ४ रुपैयाँले भाउ घटाएको हो । 

    images
    images

    भारतीय आयल निगमबाट आज प्राप्त नयाँ खरिद मूल्य अनुसार भाउ घटेर आएकाले आज राति १२ बजेपछि लागू हुने गरी मूल्य घटाइएको नेपाल आयल निगमद्वारा आइतबार जारी विज्ञप्तिमा उल्लेख गरिएको छ । 

    नयाँ खरिद मूल्य प्राप्त भएपछि निगमको आइतबार बसेको सञ्चालक परिषद् बैठकले भाउ घटाउने निर्णय गरेको हो । 

    निगमको डिपो कार्यालयबाट १५ किलोमिटरसम्मका लागि पेट्रोलियम पदार्थको नयाँ खुद्रा बिक्री मूल्य कायम गरिएको पनि निगमले जनाएको छ । 

    निगमले विभिन्न जिल्लालाई तीन वर्गमा विभाजन गरी त्यसै अनुसार मूल्य निर्धारण गरेको छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार