images
images

एनएमबि बैंक, खेती एप र बागमती गाउँपालिकाबीच सम्झौता, किसानलाई सहजै खेती कर्जा प्रदान गर्ने

एनएमबि बैंक, खेती एप र बागमती गाउँपालिकाबीच सम्झौता, किसानलाई सहजै खेती कर्जा प्रदान गर्ने

आइतवार, असोज ६ २०८१
आइतवार, असोज ६ २०८१
  • एनएमबि बैंक, खेती एप र बागमती गाउँपालिकाबीच सम्झौता, किसानलाई सहजै खेती कर्जा प्रदान गर्ने

    काठमाडौँ / एनएमबि बैंक लिमिटेड, डिभी एक्सेलस प्रा.लि (खेती एप) र बागमती गाउँपालिका मकवानपूरबीच सम्झौता भएको छ । 

    images
    images

    एनएमबि बैंक, खेती एप र बागमती गाउँपालिकाबीच गाँउपालिकाका किसान तथा कृषि ब्यवसायमा संलग्न ब्यक्तिहरूलाई एनएमबि डिजिटल कर्जा (खेती कर्जा) प्रवाह गर्ने सम्बन्धमा त्रिपक्षीय सम्झौता भएको हो । 

    सम्झौतापत्रमा बैंकको तर्फबाट लघुवित्त तथा एमएसएमई प्रमुख डा. बुद्धि मल्ल, डि.भी एक्सेलस प्रा.लि.को तर्फबाट सह–संस्थापक न्यूराज कार्की र गाँउपालिकाको तर्फबाट अध्यक्ष सर्केश घलानले हस्ताक्षर गरेका छन् ।

    एनएमबि बैंक र डि.भी एक्सेलस प्रा.लि. बीच खेति एप मार्फत किसान तथा कृषि व्यवसायमा संलग्न ब्यक्तिहरूलाई पूर्ण रूपमा डिजिटल कर्जा प्रदान गर्नको लागि सम्झौता भए बमोजिम एनएमबि खेती कर्जा प्रदान गर्दै आईरहेकोमा बागमती गाउँपालिकाले कृषि ब्यवसायमा संलग्न ब्यक्तिहरूलाई यस डिजिटल कर्जा मार्फत उनीहरूलाई कर्जा लगानी सहज बनाएर कृषकहरूको आर्थिक अवस्था बृद्धि गर्नको लागि तीनै वटा संस्था मिलि वित्तीय साक्षरता कार्यक्रमहरू संचालन गर्ने, प्राप्त गर्न योग्य किसानहरूलाई कर्जा कर्जाको लागि सहजीकरण गर्ने, ऋणीहरूलाई अन्य बिभिन्न खालका परामर्श सेवाहरू प्रदान गर्ने तथा कर्जा असुलीमा पनि सहयोग गर्ने जस्ता बिषयहरूमा सहमति भएको छ ।

    कार्यक्रममा गाँउपालिकाका अध्यक्ष सर्केश घलानले गाउँपालिकाका किसानहरूलाई कृषि व्यवसायमा उत्प्रेरित गर्नको लागि विभिन्न कार्यक्रमहरू गरिरहेको र आफूले भरसक अझै बढी सहयोग गरेर कृषि व्यवसायलाई आधुनिकिकरण गर्ने र कृषी व्यवसायद्धारा गाउँपालिकाका ऋणीहरूलाई वित्तीय अनुशासनमा रहेर व्यवसाय गर्न लगाई एउटा उदाहरणिय गाउँपालिका बनाउने प्रतिबद्धता ब्यक्त गर्नुभएको थियो । कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष र केही वडाका अध्यक्षहरू, कृषि अधिकृत लगायत अन्य अधिकृतहरूको समेत उपस्थिती रहेको थियो ।

    अघिल्लो बर्ष बागमती र गण्डकी प्रदेशमा शुरू गरिएको एनएमबि खेति कर्जा अब भने छिट्टै नै देशभर शुरू गर्ने तयारी गर्न लागिएको छ । एनएमबि बैंकले हाल देशभर २०१ शाखाहरू, १८७ एटिएमहरू र ११ एक्सटेन्सन काउन्टरहरू मार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार