images
images

पोखरामा एमएडब्लु वृद्धिको हालसम्मै ठूलो ‘एक्सचेन्ज एन्ड टेस्ट ड्राइभ क्याम्प’

पोखरामा एमएडब्लु वृद्धिको हालसम्मै ठूलो ‘एक्सचेन्ज एन्ड टेस्ट ड्राइभ क्याम्प’

दिपल, सेरेस र नामी खरिदमा उच्च ‘एक्सचेन्ज भ्यालु’ र बेजोड ‘एक्सचेन्ज बोनस

शुक्रवार, असोज ११ २०८१
शुक्रवार, असोज ११ २०८१
  • पोखरामा एमएडब्लु वृद्धिको हालसम्मै ठूलो ‘एक्सचेन्ज एन्ड टेस्ट ड्राइभ क्याम्प’

    पोखरा / नेपालका लागि दिपल, सेरेस र नामी इलेक्ट्रिक सवारीसाधनका ब्रान्डको वितरक एमएडब्लु वृद्धिले पोखरामा हालसम्मकै ठूलो ‘एक्सचेन्ज तथा टेस्ट ड्राइभ क्याम्प’ गर्ने भएको छ । 

    images
    images
    images
    images

    एमएडब्लु वृद्धिले पोखरा इभेन्ट सेन्टर, बुलाउदी-०६ मा आउँदो असोज १३ देखि १५ गतेसम्म ‘एक्सचेन्ड एन्ड टेस्ट ड्राइभ क्याम्प’को आयोजना गर्न लागेको हो । 

    यो विशेष कार्यक्रममा इलेक्ट्रिक सवारीसाधनमा चाख राख्ने गण्डकीका ग्राहकले काठमाडौंका टप ३ रिकन्डिसन हाउसबाट अभुतपूर्व ‘एक्सचेन्ज भ्यालु’ र एमएडब्लु वृद्धिबाट बेजोड ‘एक्सचेन्ज बोनस’को फाइदा उठाउँदै नयाँ पुस्ताको इलेक्ट्रिक खरिद गर्न सक्नुहुनेछ ।

    एमएडब्लु वृद्धिको ‘एक्सचेन्ज इभेन्ट’को अवधिमा ग्राहकले दिपल, सेरस र नामीले नाडा अटो सोमा जारी गरेको विशेष अफर उपयोग गर्न सक्नुहुनेछ जसअन्तर्गत दिपल एस ०७ बजेट अघिको मूल्य यानि ७१ लाख ९९ हजार रुपैयाँमा खरिद गर्न सक्नुहुनेछ ।

    साथै, नयाँ सेरेस ३ लाई ४५ लाख ४९ रुपैयाँमा खरिद गर्न सक्नुहुनेछ भने नामी इभीमा ७ किलोवाटको चार्जर पाउनुहुनेछ । 

    ग्राहकले हरेक टेस्ट ड्राइभ र पुरानो गाडीको मूल्यांकनमा आकर्षक उपहार पाउनुहुनेछ । यसबाहेक ‘अनस्पट फाइनान्सिंग’ र ‘अनस्पट डेलिभरी’ पनि लिन सक्नुहुनेछ ।

    दिपल, सेरेस र नामीलाई ८.४९ प्रतिशतको निश्चित ब्याजदरमा घर लान सक्नुका साथै यो कार्यक्रममा सहभागी हुने एक जना भाग्यशाली विजेताले रुपाकोटको स्टे पाउनुहुनेछ । 

    यी अफरहरुबाहेक एक्सचेन्ज क्याम्पमा आएर टेस्ट ड्राइभ गर्नुहुनेले ‘फुडस्टल’ र ‘लाइभ म्युजिक’को मज्जा लिन सक्नुहुनेछ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार