images
images

मध्यपश्चिम विश्वविद्यलयमा प्रा. डा. दीप बहादुर रावलको संयोजकत्वमा वार्ता समिति गठन, ताला खोलिने

मध्यपश्चिम विश्वविद्यलयमा प्रा. डा. दीप बहादुर रावलको संयोजकत्वमा वार्ता समिति गठन, ताला खोलिने

शुक्रवार, असोज ११ २०८१
शुक्रवार, असोज ११ २०८१
  • मध्यपश्चिम विश्वविद्यलयमा प्रा. डा. दीप बहादुर रावलको संयोजकत्वमा  वार्ता समिति गठन, ताला खोलिने

    ग्ग्राजुएट स्कुल अफ म्यानेजमेन्ट मध्यपश्चिम विश्वविद्यलय, सुर्खेतले वार्ता समिति गठन गरेको जनाएको छ । एक विज्ञप्ति जारी गर्दै 
    प्रा. डा. दीपबहादुर रावल, डीन द्वारा हस्ताक्षरित ग्ग्राजुएट स्कुल अफ म्यानेजमेन्ट मध्यपश्चिम विश्वविद्यलय, सुर्खेतले जनाएको हो । 

    images
    images
    images
    images

    असोज ८ गते स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनको सवाल उठान गरी नेपाल विद्यार्थी संघले मध्यपश्चिम विश्वविद्यालय कुइनेपानीस्थित केन्द्रीय कार्यालयमा एक विज्ञप्ति बुझाई तालाबन्दी गरेको गरेको थियो । 

    यहि भदौ २८ गते सम्पन्न हुने मध्यपश्चिम विश्वविद्यालय, स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन केहि विद्यार्थीहरूले आफ्नो मताधिकारको माग राख्दै आएको थियो । 

    उच्च अदालत, सुर्खेतमा रिट दायर गरेको र उक्त रिटको सुनुवाई गर्दै उच्च अदालत सुर्खेतको संयुक्त इजलासले मिति २०८१ भदौ २७ गते जारी गरेको अल्पकालीन आदेशलाई मिति २०८१ आश्वि न ६ गते निरन्तरता दिइरहनु नपर्ने भन्ने आदेश जारी गरेको थियो । 

    विश्वविद्यालयका पदाधिकारीले विद्यार्थीहरुसँग वार्ता गरी विश्वविद्यालय केन्द्रीय कार्यालमा लगाएको ताला खोल्ने वातावरण तयार गर्न भनेको छ । यस्तैगरी नेपाल विद्यार्थी संघ लगायत अन्य क्रियाशील विद्यार्थी संघ, संगठनहरुसँग सामुहिक रुपमा वार्ता तथा संवाद गरि स्वतन्त्र विद्यार्थी युनियन निर्वाचनको उपयुक्त समय तय गर्न गरिने जनाएको छ । त्यसका लागि तीन सदस्यीय वार्ता तथा सम्बाद समिति बनाइएको छ । प्रा. डा. दीप बहादुर रावलको संयोजकत्वमा प्रा. डा. यम बहादुर कार्की सदस्य, सह प्रा. डा. लिला बहादुर तिवारी रहेका छन् । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार