images
images

वैद्यखाना पुगेर मन्त्रीले भने - औषधी उत्पादन बढाउनुस्, खर्च दिन्छौँ तर तलब बाँड्न सरकारको मुख नताक्नुस्

वैद्यखाना पुगेर मन्त्रीले भने - औषधी उत्पादन बढाउनुस्, खर्च दिन्छौँ तर तलब बाँड्न सरकारको मुख नताक्नुस्

बिहिवार, पुस ४ २०८१
बिहिवार, पुस ४ २०८१
  • images
    images
    वैद्यखाना पुगेर मन्त्रीले भने - औषधी उत्पादन बढाउनुस्, खर्च दिन्छौँ तर तलब बाँड्न सरकारको मुख नताक्नुस्
    images
    images

    काठमाडौँ / स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले सिंहदरबार वैद्यखानामा आयुर्वेदिक औषधी उत्पादनको अवस्थाबारे अनुगमन गरेका छन् । मन्त्री पौडेलले वैद्यखाना सुधारका लागि विशेष चासो दिँदै आएका उनले सिंहदरबार वैद्यखाना अवलोकन गरेका हुन् । 

    images
    images

    सोहीअनुरूप विकास समितिमा नयाँ नेतृत्वलाई जिम्मेवारी दिएका मन्त्री पौडेलले सोचजस्तो उत्पादन वृद्धि नभएपछि स्थलगत अनुगमन गर्दै समस्या समाधानका लागि उपायको खोजी थालेका छन् । 

    मन्त्रालयका उच्च अधिकारीसहित अनुगमनमा गएका मन्त्री पौडेलले वैद्यखानाको काम कारबाहीबारे जानकारी लिँदै आमरूपमा सुनिएका गुनासा समाधान गर्न समेत कर्मचारीहरूको ध्यानाकर्षण गराए । पर्याप्त औषधी उत्पादन नभएकोबारे गुनासो सुनेपछि मन्त्री पौडेलले उत्पादन बढाउन हरसम्भव उपाय लगाउन आग्रह गरे । 

    “बजारमा जति औषधी उत्पादन भए पनि वैद्यखनाको औषधी बिक्री हुने रहेछ,” उनले भने, “तपाईँहरूले उत्पादन बढाउने काममा देखिने गरी परिवर्तन ल्याउनुपर्छ ।”  मन्त्री पौडेललाई कर्मचारीहरूले स्रोत अभाव भएको गुनासो गरेका थिए । 

    उनले केही समयअघि पनि वैद्यखानाका लागि बजेट गएको प्रसङ्ग निकाल्दै सार्वजनिक संस्थानहरूलाई पुँजीगत सहयोग गर्न सकिने तर तलब ख्वाउनका लागि सरकारले रकम दिन नसक्ने प्रष्ट पारे । 

    “तपाईंहरूको पुँजीगत क्षमता विकासका लागि के चाहिन्छ भन्नुस्, हामी सघाउँछौँ,” मन्त्री पौडेलले भने, “तर उत्पादन नबढाउने अनि सरकारसँग पैसा मागेर तलब र उपदान दिन सकिन्न ।”

    मन्त्री पौडेलले बजारमा सिंहदरबार वैद्यखानाको औषधी किन्न खोज्दासमेत नपाइने अवस्था आएको भन्दै पर्याप्त कच्चा पदार्थ उपलब्ध नगराउने ठेकेदारलाई कालोसूचीमा राखेर नयाँ विकल्प खोज्न निर्देशन दिए । 

    “प्रधानमन्त्रीको पनि वैद्यखानाले उत्पादन बढाओस् भन्ने चासो छ,” मन्त्री पौडेलले भने, “बजारमा जति उत्पादन गरे पनि बिक्ने चिज पनि हामी किन बेच्न सक्दैनौँ ?”

    मन्त्री पौडेलले तीन दिनभित्र समस्या नभै समाधानसाथ उत्पादन बढाउने योजना ल्याउन पदाधिकारीलाई आग्रह गरे । उत्पादन बढाउने योजनामा बजेट अभाव हुन नदिने मन्त्री पौडेलको दावी छ ।  

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार