images
images

कुलेखानी जलाशय भरियो, आंशिक खोलियो २ वटा गेट

कुलेखानी जलाशय भरियो, आंशिक खोलियो २ वटा गेट

शनिवार, असोज १२ २०८१
शनिवार, असोज १२ २०८१
  • कुलेखानी जलाशय भरियो, आंशिक खोलियो २ वटा गेट

    काठमाडौँ / अविरल वर्षाका कारण मकवानपुरस्थित कुलेखानी जलविद्युत केन्द्रको जलाशय भरिएपछि २ ओटा गेट आंशिक रूपमा खोलिएको छ।

    जलाशयमा पानीको सतह बढी भएर पानी ‘स्पिल वे’बाट बाहिर जान थालेपछि शनिबार बिहान ५ः४५ बजेबाट बाँधमा रहेका दुईवटा ढोका (गेट) आंशिक रूपमा खोलिएको हो ।  

    पानीको सतह बढ्न थालेपछि शुक्रबारबाटै ६० मेगावाटको विद्युत् गृहलाई निरन्तर रूपमा पूर्ण क्षमता चलाइएको छ। विद्युत् गृहलाई पूर्ण क्षमतामा चलाउँदा पनि जलाधार क्षेत्रमा अविरल वर्षाका कारण जलाशयको पानी भण्डार गर्ने क्षमता भरिएको हो ।

    जलाशयमा पानीको तह समुद्र सतहबाट १५३०.९३ मिटर पुगेको छ । पानीको तह १५३०.३५ पुगेपछि बाँधका ढोका आंशिक रूपमा खोलिएको केन्द्रका प्रमुख तारादत्त भट्टले बताए ।

    कुलेखानीको जलाधार क्षेत्रमा हावाहुरीसहित अविरल वर्षा परिरहेकाले दुईवटै ढोका पूर्ण रूपमा खोल्नुपर्ने अवस्था आउन सक्ने प्रमुख भट्टले उल्लेख गरे ।

    बाँधका ढोका खोलिएकाले जलाशयको तल्लो तटीय क्षेत्रमा पर्ने बागमती नदीको बहाव बढ्ने हुँदा त्यस वरपर क्षेत्रका स्थाानीय बासिन्दाहरूलाई समयमै सुरक्षित र उच्च सतर्कताका साथ रहन केन्द्रले आग्रह गरेको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार