images
images

झ्याप्ले खोलामा पहिरोले पुरिएका दुई बसबाट १४ शव निकालियो

झ्याप्ले खोलामा पहिरोले पुरिएका दुई बसबाट १४ शव निकालियो

शनिवार, असोज १२ २०८१
शनिवार, असोज १२ २०८१
  • झ्याप्ले खोलामा पहिरोले पुरिएका दुई बसबाट १४ शव निकालियो

    पृथ्वी राजमार्गको धादिङको झ्याप्ले खोलामा पहिरोले पुरिदा १४ जनाको मृत्यु भएको छ । काठमाडौँ र धादिङको सिमाक्षेत्रमा पर्ने झ्याप्ले खोलामा एउटा बस र माइक्रोबस पुरिँदा १४ जनाको मृत्यु भएको हो ।

    images
    images
    images
    images

    काठमाडौं र धादिङबाट खटिएका प्रहरी टोलीले पहिरोले पुरिएको अवस्थामा लु‍‍.१ ज ४५७८ नम्बरको माइक्रोबसबाट ५ जना र बसबाट ९ जनाको शव निकालेको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी नवराज अधिकारीले जानकारी दिए । 

    शव हाल घटनास्थलमा राखिएको छ । अन्यको खोजी भइरहेको प्रहरीले जनाएको छ । आज बिहान बुटवलबाट काठमाडौँतर्फ आउँदै गरेको बससहित तीनवटा सवारीसाधन पहिरोमा पुरिएको थियो । 

    देशका विभिन्न भेगबाट राजधानी काठमाडौँ प्रवेश गर्ने नौबीसे–नागढुंगा सडक ठाउँ ठाउँमा पहिरो गएपछि बिहीबार साँझदेखि अवरुद्ध छ । अहिले पहिरो पन्छाउने काम भइरहेको छ । 

    निरन्तरको वर्षा, पहिरो र लेदो माटोका कारण पृथ्वी राजमार्गको नौबीसे–मुग्लिन खण्ड क्षतविक्षत छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार