images
images

जेबिएनएल सेक्यूरिटिज्को साधारण सभा सम्पन्न, ग्लोबल आईएमई सेक्यूरिटिजमा परिवर्तन हुँदै

जेबिएनएल सेक्यूरिटिज्को साधारण सभा सम्पन्न, ग्लोबल आईएमई सेक्यूरिटिजमा परिवर्तन हुँदै

आइतवार, असोज १३ २०८१
आइतवार, असोज १३ २०८१
  • जेबिएनएल सेक्यूरिटिज्को साधारण सभा सम्पन्न, ग्लोबल आईएमई सेक्यूरिटिजमा परिवर्तन हुँदै

    काठमाडौँ / ग्लोबल आइएमई बैंक लिमिटेडको शतप्रतिशत लगानी रहेको जेबिएनएल सेक्यूरिटिज लिमिटेडको साधारण सभा सम्पन्न भएको छ । 

    images
    images
    images
    images

    शुक्रबार एक समारोहको आयोजना गरी धितोपत्र सम्बन्धि कारोबार गर्ने कम्पनी जेबिएनएल सेक्यूरिटिज लिमिटेडको प्रथम वार्षिक साधारण सभा सम्पन्न गरिएको हो ।

    कम्पनीका अध्यक्ष टेकनाथ पोखरेललेको अध्यक्षतामा सम्पन्न सभाले सञ्चालक समितिको तर्फबाट प्रस्तुत वार्षिक प्रतिवेदन, सञ्चालक तथा लेखापरीक्षकको नियुक्ति÷पारिश्रमिक र वार्षिक वित्तीय विवरणहरू सर्वसम्मतिले पारित गरेको छ। 

    साथै, कम्पनीको नाम जेबिएनएल सेक्यूरिटिज लिमिटेडबाट मूख्य कम्पनीको नामसँग सामञ्जस्य हुनेगरी ग्लोबल आईएमई सेक्यूरिटिज लिमिटेडमा परिवर्तन गर्ने गरी कम्पनीको प्रबन्धपत्र र नियमावलीको सम्बन्धित प्रावधानमा संशोधन सर्वसम्मतिले पारित गरेको छ । 

    सभामा कम्पनीको एकमात्र शेयरधनी ग्लोबल आईएमई बैंकबाट अधिकार प्राप्त प्रतिनिधि बिश्व सुवेदी, कम्पनी रजिष्ट्रारका प्रतिनिधि, कम्पनिका संचालकहरु, प्रबन्ध निर्देशक, सेवाग्राही, कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार