images
images

सिंहदरबारमा सुरु भयो सर्वदलीय बैठक

सिंहदरबारमा सुरु भयो सर्वदलीय बैठक

आइतवार, असोज १३ २०८१
आइतवार, असोज १३ २०८१
  • सिंहदरबारमा सुरु भयो सर्वदलीय बैठक

    काठमाडौँ / कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले आह्वान गरेको सर्वदलीय बैठक सुरु भएको छ । प्रधानमन्त्री कार्यालय सिंहदरबारमा डाकिएको सर्वदलीय बैठक सुरु भएको हो । 

    images
    images
    images
    images

    अविरल वर्षापछिको बाढीपहिरो एवं विपद्, उद्धार, धनजनको क्षति र राहतका विषयमा छलफल गर्न सर्वदलीय बैठक आह्वान गरिएको हो । 

    मनसुन सक्रिय भएसँगै बाढी, पहिरो र डुबानले गर्दा देशभरको जनजीवन प्रभावित भएको छ । केही जिल्लामा मानवीय क्षति भएको छ ।

    सडक, पुलपुलेसा पनि भत्किएका छन् । प्राकृतिक विपद्को यो विषम परिस्थितिमा नागरिकको सेवामा सरकार तल्लिन छ । यात्राका क्रममा अलपत्र परेकाहरुलाई  उद्धार गरी गन्तव्यमा पुर्‍याउने प्रयास भइरहेको छ। 

    त्यसका लागि गृहमन्त्रालयको समन्वयमा आवश्यक प्रयास जारी रहेको कार्यवाहक प्रधानमन्त्री सिंहको सचिवालयले जनाएको छ । 

    कार्यवाहक प्रधानमन्त्री सिंहले शनिबार गृहमन्त्री रमेश लेखक, सुरक्षा अङ्गका प्रमुखहरु, मुख्यसचिव, सचिवलगायतबाट देशभरको विपद्को अवस्थाबारे जानकारी लिएका थिए । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार