images
images

१३औं राष्ट्रिय मानव संसाधन सम्मेलन, मुलुकभरबाट २०० जना मानव संसाधन विज्ञहरु सहभागी

१३औं राष्ट्रिय मानव संसाधन सम्मेलन, मुलुकभरबाट २०० जना मानव संसाधन विज्ञहरु सहभागी

आइतवार, असोज १३ २०८१
आइतवार, असोज १३ २०८१
  • १३औं राष्ट्रिय मानव संसाधन सम्मेलन, मुलुकभरबाट २०० जना मानव संसाधन विज्ञहरु सहभागी

    काठमाडौँ / ह्युमन रिसोर्स सोसाइटी नेपाल (HRSN) ले काठमाडौँको एभरेष्ट होटेलमा १३ औं राष्ट्रिय मानव संसाधन सम्मेलन सम्पन्न गर्‍यो।

    images
    images
    images
    images

    यस वर्षको सम्मेलनको मुख्य विषय मानव केन्द्रित नेतृत्व –प्रबिधि र संगठनभन्दा अगाडि रहेको थियो। 

    सम्मेलनमा नेपालभरबाट करिब २०० जना मानव संसाधन विज्ञहरुको सहभागिता थियो।

    सम्मेलनको अध्यक्षता ज्च्क्ल् का अध्यक्ष टेकराज शर्माले गरेका थिए । 

    कार्यक्रमका प्रमुख अतिथि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरद सिंह भण्डारीले उद्घाटन गरे । 

    कार्यक्रममा अन्य विशिष्ट अतिथिहरुमा पूर्व शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठ र भारतको नेशनल एचआरडी नेटवर्क(NHRDN) का अध्यक्ष प्रेम सिंह सहभागी थिए । 

    सम्मेलनमा राष्ट्रिय वक्ताहरुको विभिन्न महत्त्वपूर्ण सत्रहरु सम्पन्न भए, जसमा प्रतिष्ठित व्यावसायिक नेताहरुको प्यानलले पनि विशेष सहभागीता जनाएका थिए। 

    कार्यक्रममा नेतृत्वले कसरी प्रविधि र संगठनको परिधिलाई पार गरेर मानव केन्द्रित दृष्टिकोणलाई आत्मसात गर्न सकिन्छ भन्ने विषयमा छलफल भएको थियो । 

    यसै अवसरमा ज्च्क्ल् को पहिलो समाचार पत्रिकाको पनि विमोचन गरियो।

    ह्युमन रिसोर्स सोसाइटी नेपाल  एक गैर(नाफामूलक संस्था हो, जसले संस्थाहरुमा उत्तम मानव संसाधन अभ्यासको कार्यान्वयनको वकालत गर्दै आएको छ। 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार