images
images

मारवाडी सेवा समितिद्वारा बाढी प्रभावितलाई खाना वितरण

मारवाडी सेवा समितिद्वारा बाढी प्रभावितलाई खाना वितरण

आइतवार, असोज १३ २०८१
आइतवार, असोज १३ २०८१
  • मारवाडी सेवा समितिद्वारा बाढी प्रभावितलाई खाना वितरण

    काठमाडौं/  मारवाडी सेवा समितिले काठमाडौँ उपत्यकाका बाढी प्रभावितलाई खाना खुवाउन सुरु गरेको छ । 

    images
    images
    images
    images

    जिल्ला प्रशासन कार्यालय, काठमाडौँसँगको सहकार्यमा मारवाडी सेवा समिति नेपाल, पशुपति गौशाला धर्मशाला, मारवाडी महिला मञ्च र मारवाडी युवा मञ्चले संयुक्त रूपमा खाना खुवाउन थालेको हो। 

    राहत स्वरूप पहिलो चरणमा गौशाला धर्मशालामा खाना बनाएर प्रभावित क्षेत्रमा वितरण गरिएको मारवाडी युवा मञ्चका अध्यक्ष प्रकाश केजरिवालले जानकारी दिए ।  '

    madbadi khana (2).jpeg

    उनका अनुसार कालीमाटी, बल्खु, कोटेश्वर, थापाथली, पशुपति लगायत बाढी प्रभावित क्षेत्रका बासिन्दालाई खाना खुवाइएको छ । 

    आवश्यकता अनुसार यो क्रम केही दिन जारी रहने मञ्चले जनाएको छ ।

    madbadi khana (1).jpeg
    गत शुक्रवारदेखिको अविरल वर्षाका कारण उपत्यका लगायत देशभरका विभिन्न खोला, नदी किनारका बस्तीहरूमा बाढी पसेको छ भने पहिरोले क्षति गरेको छ।

    madbadi khana (5).jpeg

    madbadi khana (3).jpeg

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार