images
images

नासा र स्पेसएक्सको नयाँ अन्तरिक्ष मिसन प्रक्षेपण अर्को हप्ता

नासा र स्पेसएक्सको नयाँ अन्तरिक्ष मिसन प्रक्षेपण अर्को हप्ता

आइतवार, असोज १३ २०८१
आइतवार, असोज १३ २०८१
  • नासा र स्पेसएक्सको नयाँ अन्तरिक्ष मिसन प्रक्षेपण अर्को हप्ता
    तस्बिर : एपि

    नासा र स्पेसएक्सले आगामी सेप्टेम्बर २६ मा अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन (आईएसएस)मा चालक दलसहितको नयाँ अन्तरिक्ष मिसन प्रक्षेपण गर्ने लक्ष्य राखेका छन् । 

    images
    images
    images
    images

    यो उडान नासाको कमर्शियल क्रु प्रोग्रामअन्तर्गत स्पेसएक्स सँगको नौ चालक दल रोटेशन मिसन हो । नासाका अन्तरिक्ष यात्री निक र रोसकोमसका अन्तरिक्ष यात्री अलेक्जेन्डर गोर्बुनोभ ‘स्पेसएक्स क्रु–९ मिसन’ मा अन्तर्राष्ट्रिय स्पेस स्टेशन (आईएसएस)मा प्रक्षेपण गर्ने तयारी गरिरहेको नासाले जनाएको छ ।

    दुई अन्तरिक्ष यात्रीहरू फ्लोरिडाको केप क्यानाभेरल स्पेस फोर्स स्टेशनको लन्च कम्प्लेक्स ४० बाट ‘स्पेसएक्स ड्र्यागन अन्तरिक्ष यान’बाट अन्तरिक्षमा जाने कार्यक्रम रहेको छ ।

    नासाका अनुसार क्रु–९ ले तल्लो पृथ्वीको कक्षभन्दा बाहिर मानव अन्वेषणको लागि तयारी गर्न र पृथ्वीमा मानवतालाई फाइदा पुर्‍याउन नयाँ वैज्ञानिक अनुसन्धान सञ्चालन गर्नेछ ।

    जुनमा बोइङको स्टारलाइनर अन्तरिक्ष यानबाट आइएसएस पुग्नुभएका नासा अन्तरिक्ष यात्री बुच विल्मोर र सुनी विलियम्स हेग र गोर्बुनोभसँगै पृथ्वीमा फर्किनेछन्‌ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार