images
images

झ्याप्ले खोलामा पहिरो हटाइयो, ४८ घण्टापछि सडक दुईतर्फी खुल्यो

झ्याप्ले खोलामा पहिरो हटाइयो, ४८ घण्टापछि सडक दुईतर्फी खुल्यो

आइतवार, असोज १३ २०८१
आइतवार, असोज १३ २०८१
  • झ्याप्ले खोलामा पहिरो हटाइयो, ४८ घण्टापछि सडक दुईतर्फी खुल्यो

    धादिङ / काठमाडौँ र धादिङको सिमानामा पर्ने धादिङको धुनिबेँसी नगरपालिका–९ झ्याप्ले खोलामा सडकको पहिरो हटाएको छ ।

    images
    images
    images
    images

    पहिरो हटाएपछि ४८ घण्टापछि उक्त क्षेत्रको सडक दुईतर्फी खुलेको छ । 

    पहिरो पन्छाएसँगै त्रिभुवन राजपथअन्तर्गतको उक्त सडक दुईतर्फी खुलेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी निरीक्षक एवं सूचना अधिकारी प्रल्हाद सिलवालले जानकारी दिए ।

    “पहिरो हटाएपछि दुई दिनदेखि बाटोमै थन्किएका सयौँ सवारीसाधन आफ्नो गन्तव्यतर्फ प्रस्थान गरेका छन्”, उनले भने । नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना, स्थानीयवासी, यात्रुलगायतको पहलमा अवरुद्ध सडक खुलाइएको हो । 

    शनिबार उक्त स्थानमा तीनवटा सवारीसाधन पहिरोमा पुरिएका थिए । ती सवारीसाधनबाट ३५ जनाको शव निकालिएको प्रहरीले जनाएको छ ।  

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार