images
Logo
images
images
images

विपत्तिमा परेका जनता देखेनन्, पाल्नुपर्ने कारण छैन, दिनगन्ती सुरु भइसक्यो : ज्ञानेन्द्र शाही

विपत्तिमा परेका जनता देखेनन्, पाल्नुपर्ने कारण छैन, दिनगन्ती सुरु भइसक्यो : ज्ञानेन्द्र शाही

शनिवार, असोज १९ २०८१
शनिवार, असोज १९ २०८१
  • विपत्तिमा परेका जनता देखेनन्, पाल्नुपर्ने कारण छैन, दिनगन्ती सुरु भइसक्यो : ज्ञानेन्द्र शाही

    काठमाडौँ / राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता तथा प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले दशैं र तिहार सकिएलगत्तै अहिलेको व्यवस्था फाल्नुपर्ने आवश्यकता औंल्याएका छन् । उनले अहिलेको राज्य–संयन्त्र पूरै असफल भएको दाबी गरे ।

    images
    images
    images
    images

    आज (शनिबार) राजधानीमा आयोजित एक साक्षात्कारमा बोल्दै उनले सरकारको उपस्थिति नागरिक विपत्तिमा परेर सयौंको संख्यामा ज्यान गुमाउँदा पनि नदेखिएपछि यो सरकारलाई पाल्नुपर्ने कुनै कारण नै नभएको टिप्पणी गरे । 

    उनले नागरिकले के को लागि कर तिर्ने ? भन्दै प्रश्न तेर्साए । उनले अहिले सरकार र सत्ता पक्षका नेताहरु जनताको घरदैलोमा जान त परै जाओस सार्वजनिक कार्यक्रममा समेत भाग लिन डराउन थालेको आरोप लगाए । 

    उनले भने, ‘सरकार पक्षका मान्छे जनता कहाँ जान डराउँथे, तर अब त सार्वजनिक कार्यक्रममा पनि आउन डराए । यिनीहरु अहिले पत्रकारदेखि भाग्न थाले । जनतादेखि भाग्ने, देशको प्रधानमन्त्री अमेरिकामा जााँदा कार्यक्रम स्थगन गर्ने, बास्तवमा यिनीहरुको पालो अब भाग्ने नै हो । यो सरकारको अब दिनगन्ती सुरु भैसक्यो । गतिलो काम गरेको भए यसरी भाग्नुपर्दैन थियो ।’

    शाहीले धादिङको झ्याप्ले खोलाको पहिरोले ३५ जना नागरिकले ज्यान गुमाउनुमा राज्य जिम्मेवार रहेको आरोप लगाए । 

    उनले भने, ‘मौसम पूर्वअनुमान महाशाखाले तीन दिनअघि नै अलर्ट गराएको थियो । तर, राज्यको उपस्थिति देखिएन । नेपालको भएको यो घट्ना यदि युरोप, अमेरिका वा अरबमा घटेको भए के हुन्थ्यो ? आज ती जिल्लाका सिडिओ, एसपीहरुलाई ज्यान मार्ने उद्योगमा मुद्दा चल्दथ्यो । फाँसी दिने देशमा त तिनीहरुलाई फाँसी दिईन्थ्यो ।’

    शाहीले मुलुकमा सयौँको संख्यामा नागरिकले ज्यान गुमाएको अवस्थामा सरकारले आह्वान गरेको सर्वदलीय बैठकमा कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले देशको मुख्यसचिवलाई फोन गर्दा मुख्यसचिवले फोन नै काटिदिनुभयो । 

    सर्वदलीय बैठकमा मुख्यसचिव हुनुहुन्थ्यो । फोन गर्दा पनि काटिदिनुभयो । प्रधानमन्त्रीलाई देशका आईजिपीहरुले भेट्न मान्दैनन् । उनीहरुले भोलि भेटौंला भन्छन् । यो भनेको स्टेट फेलियर हो ।’

    ललितपुरको नख्खुमा नागरिकले घण्टौंदेखि ज्यान बचाउनको लागि याचना गर्दा पनि सरकारको उपस्थिति नदेखिएकोमा पनि उनले सरकारको असफलतासँग जोडे ।

    उनले भने ,‘नख्खुबाट सिंहदरबार धेरै टाढा छैन् । जनताले घण्टौं चिच्याउँदा पनि उद्धार भएन । यो अवस्था भोलि अरु नागरिकलाई नआउला भन्न सकिएला । हामीले आखिरमा सरकारबाट के पायौं त रु ज्यान बचाउनको लागि याचना गर्दापनि सरकार देखिएन । कर के को लागि तिरेका छौं ? कर्मचारीलाई तलब खुवाउनको लागि मात्रै हो ? आज विपत्ति पर्दा सरकार कहाँ गयो ? म भन्छु अहिलेको राज्यसंयन्त्र फेल भैसक्यो । देशमा गृहमन्त्रीको आदेश कसैले मान्दैन् । त्यसैले अब जनताबाट प्रतयक्ष निर्वाचित प्रधानमन्त्रीमा जाउँ । यही व्यवस्था रह्यो भने भोलि म नै प्रधानमन्त्री भएँ पनि केही गर्न सक्दिनँ ।’

    उनले आफूले सर्वदलीय बैठकमा समेत हवाई भाडामा भएको मूल्यवृद्धिको विषय उठाएको स्मरण गराए । तर, विभागीय मन्त्री पर्यटनमन्त्री बद्रि प्रसाद पाण्डेले भने भाडा घट्ने भनेर आश्वासन दिएको भएपनि व्यवहारमा त्यस्तो नदेखिएको बताए । उनले अहिले सरकार जनतामा जान नसक्नुको कारण जनताले कालो मोसो दलेर पठाउने नै मुख्य कारण भएको दाबी गरे ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार